spot_img

थलारा गाउँपालिकामा कुलराज जोशीलाई किन जिताउने ?

spot_img

बझाङको थलारामा लामो समय समाजसेवा सँगै नेपाली कांग्रेसको राजनीतिबाट समाज परिर्वतनमा योगदान गरेका कुलराज जोशीले थलारा गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बनेका छन् । गठबन्धनका कारण नेकपा एकिकृत समाजबादीका विनोद थापालाई अध्यक्षका उम्मेदवार बनाएपछि स्वास्थ्य क्षेत्रमा सेवा गरेका कुलराजले पालिका अध्यक्षको आकांक्षा देखाउदै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उम्मेदवार फिर्ता अवधिमा जिल्लास्तरसम्मका कांग्रेस नेताहरुले उम्मेदवारी फिर्ताको पहल गरेपनि उनी राजी भएनन् ।

Advertisement

कुलराजलाई मनाउन नेताहरु थलारा पुगेका थिए । कांग्रेसको अस्तित्व जोगाउनका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता नलिएको नेता कुलराजले बताए । जनतामाझ प्रिय नेता तथा समाजसेवीको रुपमा परिचित कुलराजले २०७४ सालमा पनि टिकट पाएनन् । यो पटक पनि गठबन्धनका कारण अर्को पार्टीको भागमा प्रमुख पदको उम्मेदवारी गरेकाले लोकतान्त्रिक पार्टी कांग्रेसको प्रतिष्ठाको लागि आफू स्वतन्त्र उम्मेदवार बनेको उनले बताए ।

Advertisement

सत्यप्रेससँग कुराकानी गर्दै अध्यक्षका उम्मेदवार कुलराजले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उनलाई गाउँघरमा ‘कुलराज जी’ भनेर धेरैले चिन्दछन् । निर्वाचन अधिकृतको कार्यालयले ‘लौरो’चुनाब चिन्ह प्रदान गरेसँगै निर्वाचन प्रचारलाई तिब्रता दिएका छन् । कांग्रेसकै नेता धर्मदेव गिरीले पनि थलाराकै उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । लामो समय पार्टीमा योगदान गरेका उनले भने पार्टीको आग्रहमा आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

Advertisement
Kulraj Joshi ok


स्वतन्त्र रुपमा निर्वाचनमा होमिएका कांग्रेस नेताको प्रतिबद्धता पत्र
आदरणीय थलारा बासी आमा–बुवा, दाजुभाई तथा दिदि बहिनीहरु, म विगत ३५ वर्ष देखी नै स्वास्थ्य÷शिक्षा सेवाको माध्यमबाट थलारी जनताको सेवामा समर्पित रहेको कुरा यहाँहरुलाई अवगत नै छ। अहिलेको स्थानीय तहको आसन्न चुनावमा यहाँहरुको आर्शिवाद प्राप्त भएमा म थलारा गाउँपालिकाको समग्र भ्रष्टाचार को अन्त्य गर्र्देै समृद्ध गाउँपालिकाको शिक्षा, स्वास्थ्य, यातायात, कृषि, सिचाई, पर्यटन क्षेत्रका रुपमा अगाडी बढाई नमुना गाउँपालिकाको रुपमा रुपान्तरण गर्दे लैजानेछुु । साथै यहि २०७९ साल बैशाख ३० गतेका दिन हुन गईरहेको स्थानीय तहको निर्वाचनमा मेरो चुनाव चिन्ह लौरो (लट्ठी) मा आफ्नो अमुल्य मतदान गरी मलाई यस थलारा गाउँपालिकाको अध्यक्ष पदमा विजय गराउनु भयो भने यस थलारा गाउँपालिका लाई रुपान्तरण गर्नका लागि मेरो प्रतिबद्धता निम्नानुसार रहेको ब्यहोरा सम्पूर्ण गाउँपालिका बासी आमा–बुवा, दाजुभाई तथा दिदि बहिनीहरुमा सर्हष जानकारी गराउँदछु ।
प्रतिवद्धताहरु
हाम्रो थलारा गाउँपालिकालाई भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने ।

यस गा.पा. लाई सुशासन, स्वस्थ्य, शिक्षा, प्रविधि, सडक, खानेपानी, सिचाई, विद्युत तथा सञ्चारको व्यवस्था गरि नमूना गा.पा. को रुपमा विकास गरिनेछ ।

विद्युतको राष्ट्रिय प्रशारणा लाईनलाई थलारा गाउँपालिकाका घरघरमा पु¥याउनका लार्गि उज्यालो थलारा’ अभियान सञ्चालन गरिनेछ ।
बजेट विनियोजन गर्दा वैज्ञानिक (उत्पादन तथा उपलब्धीमूलक) तरिकाले विनियोजन गरिने छ ।

सामाजिक सुुरक्षा भत्ता घरदैलो सम्म लैजाने ब्यबस्था गरिने छ ।

युवाहरुका लागि गाउँ गाउँमा एक खेल मैदानको ब्यबस्था गरिनेछ ।

महिला बालवालिका, दलित, पहुच नभएका तथा जनजातीको हकहित र अधिकारहरुको कडाईका साथ लागुगरि उनिहरुको हरेक क्षेत्रमा पहुँच पु¥याउने ब्यबस्था गरिनेछ ।

यस गाउँपालिका भित्रका हरेक विद्यालय, कार्यालय तथा गाउँटोलमा अभिलम्ब ईन्टरनेटको ब्यबस्था गरिने छ ।

यस गा.पा.को वडा नं १ देखी ९ सम्मका प्रमुख धार्मिक साँस्कृतिक तथा ऐतिहाँसिक साथै पर्यटकिय क्षेत्रको पहिचान, संरक्षण, सम्र्वद्धन र प्रचार प्रसार गरि यस क्षेत्रको पर्यटकीय आकर्षण बढाउन आवश्यक पहल गरिनेछ ।

संघीय र प्रदेश सरकारसंग समन्वय गरि यस क्षेत्रका ग्रामीण सडकहरुको स्तरोन्नतीका साथै कालोपत्रे सडकका लागि आवश्यक पहल गरिने छ ।

पर्यटकीय क्षेत्र खप्तडलाई जोड्ने सडक तथा दिपायल चैनपुर सडकको स्तरोउन्नती र कालोपत्रेका लागी आवश्यक पहल गर्दे थलारालाई नै खप्तड प्रवेशद्धारका रुपमा विकास गरिनेछ ।

सडक कटान वाट भएको क्षतीलाई मध्यनजर गरि भुु–संरक्षण गर्नको लागि सडक वरिपरि फलफुल तथा उपयूक्त वृक्षारोपण गरिनेछ ।
थलारालाई माटो परिक्षण तथा बैज्ञानिक अध्ययनका आधारमा कृषी तरकारी तथा फलफुल आदिको पकेट क्षेत्र निर्धारण गरि युवाहरुलाई स्वरोजगार वनाउन विषेश कार्यक्रम संचालन गरिने छ ।

कृिषको आधुनिकीकरण तथा औधोगिकीकरण गरि युुवाहरुलाई विदेशिनबाट रोक्ने स्वरोजगारको निती ल्याईनेछ ।

थलारालाई एक टोल एक हाते ट्याक्टर तथा थे्रसरयुक्त बनाई कृषि क्षेत्रमा सहज बनाउने ।

हाल सम्म सिंचाइको सुविधा नभएका खेतीयोग्य जमिनमा उपयुक्त प्रविधिको प्रयोग गरि सिंचाइको ब्यबस्था गरिनेछ ।

थलारा गाउँपालिकामा रहेका परम्परागत रुपमा निमार्ण भएका कुला तथा नहरहरुलाई क्रमबद्धरुपमा पक्की बनाईनेछ ।

थलारा गाउँपालिकालाई स्वच्छ खानेपानी तथा पूर्ण सरसफाईयूक्त पालिकाको रुपमा विकास गरिनेछ ।

अविलम्ब १० सैयाको अस्पताल निमार्ण गरि दक्ष चिकित्सकीय सेवाको निरन्तर ब्यबस्था मिलाईनेछ र एम्बुलेन्स सेवाको व्यवस्था गरिनेछ ।

टेलिमेडिसिन सेवाको ब्यवस्था मिलाएर यस क्षेत्रका विभिन्न रोगी तथा दीर्घरोगीहरुलाई विषेशज्ञ द्वारा चिकित्सकबाट सेवा प्रदान गरिनेछ ।

स्थानीय जडीबुटीको पहिचान गरि संरक्षण, प्रवद्र्धन र संवद्र्धनको लागि नीतिगतरुपमा व्यवस्था गरिनेछ ।

गाउँपालिकाको सिफारिसका आधारमा प्रदेश स्तरका सरकारी अस्पतालहरुमा निशुल्क उपचारको ब्यवस्था गरिनेछ ।

६–६ महिनामा विषेशज्ञ चिकित्सकहरु द्धारा निशुल्क स्वास्थ्य सिविर संचालन गरिनेछ ।


यस गा.पा का महिला तथा वालबालीका लाई स्वस्थ र तन्दुरुस्त राख्न महिला तथा वालवालिका लक्षित विशेष अभियान संचालन गरिनेछ ।

यस गा.पा का भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धि गरि जनस्वास्थ्यको बाहकका रुपमा स्थापित गरिनेछ ।
जनस्वास्थ्यका महामारी तथा प्राकृतिक प्रकोपहरुलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी तथा प्रतिकार्यका लागि नीतिगत व्यवस्था गरिनेछ ।

स्वास्थ्य विमा कार्यक्रमलाइ प्रोत्साहन गरि सम्पूर्ण गा.पा बासीलाई सर्वसुलभ उपचारको व्यबस्था गरिनेछ ।

शिक्षा क्षेत्रमा देखिएका राजनितीक ध्रवीकरणलाई निस्तेज पार्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने ब्यवस्था गरिनेछ । दरवन्दी विहिन शिक्षण संस्थाहरुमा यथासिघ्र दरबन्दी सृजना गरि पठनपाठनको ब्यवस्था गरिनेछ ।

थलारा क्षेत्रका सरकारी विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरुगर्ने ब्यवस्था मिलाईनेछ ।

प्रत्येक सामुदायिक विद्यालयहरुमा एक कम्प्यूटर शिक्षक र लेखापालको व्यबस्था गरि आधुनिक प्रविधीयुक्त तालिम दिईने ब्यवस्था गरिनेछ ।

स्थानीय भाषा संस्कृती तथा परम्पराको जगेर्ना गर्न सरकारी निती बमोजिम स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकको निमार्ण गरि लागु गरिनेछ ।

सरकारी जागिरमा प्रबेश गर्ने चाहाना भएका युवाहरुका लागि गाउँपालिका स्तरमा निशुल्क लोकसेवा कक्षा संचालन गरिनेछ ।

थलारा क्याम्पसलाई आंगिक र थलारा माविको प्राविधिक धारलाई पूर्ण सरकारी वनाउनका साथै थलाराका अन्य स्थानमा आवश्यकताका आधारमा प्राविधिक विषय पठन पाठनका लागि पहल गरिनेछ ।

थलारा क्षेत्रका परापूर्वकालदेखि चलिआएका मौलिक चाडपर्व, मेला, बाजा, गितसंगीतको संरक्षण, प्रवद्र्धन गरिनेछ ।


कुलराज जोशी
थलारा गाउँपालिका अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै