spot_img

गुनासो नआउनेगरी सडक मर्मत गर्न थुलुङदुधकोशी अध्यक्षको निर्देशन

spot_img

सोलुखुम्बुकाे थुलुङ दुधकोशी गाउँपालिकाले सडक मर्मत तथा सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनएको छ । वर्षातको समयमा सडक पुर्ने तथा भत्कने समस्या अत्याधिक हुनेभएपछि जेसिबी मेसिन र जनप्रतिनिधि तयारी अवस्थामा रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।  

Advertisement

गाउँपालिका भित्र संचालित सडकको अवस्थाका बारेमा जानकारी लिनुका साथै तत्काल गुनासो नआउने गरि सबै जनप्रतिनिधिलाई  काम गर्न  पालिका अध्यक्ष असिम राईले निर्देशन दिनुभएको प्रवक्ता कार्कीले बताए । निरन्तरको वर्षातको कारण अवरुद्ध बनेको नेले- मुक्ली सडक खुलेको छ भने मुक्ली- रन्देपु सडक खुलाउने काम भइरहेको वडा नम्बर- ६ का  वडा अध्यक्ष महेन्द्रदिप राइले जानकारी दिए ।  

Advertisement

लोखिम-जुबु क्षेत्रको सडक समेत ठाउँठाँउमा बिग्रदा आवतजावतमा समस्या भएको पालिकाले जनाएको छ । यस्तै देउसा-मुक्ली सडक खण्ड पनि अवरुद्ध भएको प्रवक्ता कार्कीले जानकारी दिए। मुक्ली-रन्देपु सडक खुलाउने काम सक्ने बित्तिकै उक्त सडक सफा गरि सुचारू गरिने उहाँको भनाइ छ ।   उता नेले-झरेनी-रोक्ती- बुडिडाडा-दिप्लिघाट खण्डको अवस्था भने सामान्य रहेको छ । यो सिजनमा बाढी तथा पहिरोको जोखिम उच्च भएकाले सचेत रहन पालिकाबासीलाई आग्रह गरिएको छ ।

Advertisement

गाउँपालिका अध्यक्ष असिम राईले जोखिमयुक्त क्षेत्रमा बसोबास तथा हिडडुल गर्दा सावधानी अपनाउनुका साथै कुनै समस्या भएमा तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्नुभयो ।  प्राकृतिक प्रकोपबाट बच्न व्यक्ति स्वयम् सचेत हुनुको विकल्प नभएको अध्यक्ष राईको भनाइ छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै