spot_img

खुम्बुमा हिउँ परेन तर किन पुगे पर्यटक

spot_img
325604349 712502280373909 7514041781934950068 n

सोलुखुम्बुको खुम्बु क्षेत्रमा अफसिजनको ३ दिनको अवधिमा ९५ जना पर्यटक आएका छन् । यस वर्ष चिसोको समयमा हिउँ नपरेपछि पर्यटकहरु सजिलै सँग खुम्बु भ्रमणमा पुगेका हुन् ।

Advertisement

माघ १ गते देखि ३ गते सम्म विदेशी ६८ जना, सार्क राष्ट्रका ३ जना, नेपाली २ जना, पोटर १८ जना, र गाईड ४ जना खूम्बु भ्रमणमा पुगेको सगरमाथा राष्ट्रिय निकुन्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए । उनिहरुबाट २ लाख १५ हजार १५० रुँपैया राजश्व संकलन भएको निकुन्जले जनाएको छ ।
हिँउ पर्दा चिप्लने तथा पदमार्ग समेत पुरिने भएकाले विगतका वर्षमा अफसिजनमा पर्यटहरु खूम्बु जाँदैन थिए । तर अहिले हिउँ नपरेकाले सोलुखुम्बुको टाक्सिन्दु हूँदै पर्यटकहरु क्रमश खुम्बु क्षेत्र गईरहेका छन् । कतिपय भने ते्न्जिङ हिलारी विमानस्थल लुक्लाबाट रामेछाप हुँदै काठमाण्डौ र लुक्ला आवजावत गर्ने गरेका छन् ।

Advertisement

अहिले खूम्बु क्षेत्रका अधिकांस होटल व्यवसायी जाडो छल्नका लागि बाहिर जिल्ला तथा राजधानी गएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै