spot_img

कांग्रेस अनुशासन समिति सोलुले भन्यो, ‘कारबाहीको लागि कुनैपनि नेताको नाम सिफारिस गरेका छैनौ’

spot_img

काठमाण्डौं । जिल्ला अनुशासन समिति सोलुखुम्बुले गत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा सोलुखुम्बुमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकालाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य र जिल्ला सभापतिलाई कारबाहीको सिफारिस गरिएको समाचारप्रति ध्यानाकर्षण जनाएको छ ।

Advertisement

समिति संयोजक गणेश कुमार बस्नेतले सोमबार विज्ञप्ती जारी गर्दै निर्वाचनमा अन्तरघात भए नभएको विषय छानविनमै रहेको र कुनैपनि नेताको नाम कारबाहीको लागि प्रदेश र केन्द्रमा सिफारिस नगरेपनि केही नेताको नाम कारबाहीका लागि सिफारिस भएको समाचार झुटो भएको र त्यस्ता भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेका छन् ।

Advertisement

विज्ञप्तीमा भनिएको छ, ‘केही दिन यता विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल र अनलाइन खबरहरुले नेपाली कांग्रेस सोलुखुम्बुका केही नेताहरुको नाम उल्लेख गरि केन्द्रीय अनुशासन समितिमा उजुरी परेको भनि सम्प्रेषित समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’
अनुशासन समितिले कसैको व्यक्तिगत, राजनीतिक तथा सामाजिक जीवनमा आघात पुग्ने कुनैपनि समाचार सम्प्रेषण नगर्न आग्रह समेत गरेको छ ।

Advertisement

केही दिन अघि एक अनलाइन पोर्टलले कांग्रेस केन्द्रीय कार्यालयलाई उदृत गर्दै निर्वाचनमा अन्तरघात गरेकोले कारबाहीको लागि नाम सिफारिस भएको भन्दै केन्द्रीय सदस्य आङगेलु शेर्पा र जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाको नाम समाबेश गरि फोटो सहितको समाचार प्रकाशन गरेको थियो ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका कांग्रेस नेता बल बहादुर केसी एमाले उम्मेदवार मानवीर राईसँग पराजित भएका थिए ।

विज्ञप्ती हेरौँ ।

320572347 1218949778831198 192014584830666112 n
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै