spot_img

ऋषि खड्का सृजना हिट, नाम छाँयामा

spot_img

काठमाण्डौँ । ऋषि खड्का, गायक तथा संगीतकार । उनले गाएका र संगीत दिएका दर्जनौ गीत हिट भएका छन् । चाहे लोक दोहोरी होस्, चाहे आधुनिक गीत । लोक लयमा बढि स्लो बिटका सृजनामा रमाउने खड्काले फाष्ट बिटको गीत पनि ल्याएका छन् । जुन, संख्यात्मक हिसावले कम छन् । ‘दाँते ओखर’यो भाका खड्काको सृजना हो । जुन अहिले लाइभ दोहोरीमा बढि गाइन्छ । ‘मन परेको भेना’लाई पनि उत्तिकै मन पराएको छ ।

Advertisement

प्युठानको माण्डवी गाउँपालिका ५ मा जन्मेका उनी २०६८ सालदेखि औपचारिक रुपमा संगीत क्षेत्रमा होमिएका हुन् । उद्यपी, उनीसँग गाउँघरमा विद्यालय तहमा होस् या समुदाय तहमा हुने दर्जनौ गायन प्रतियोगीतामा प्रतिस्पर्धा गरेको र केहीमा पुरस्कृत भएको यादहरु ताजै छ । उनले पहिलो गीत ‘जान्छु परदेश’ गाए । यो गीत गाउँदा संसारकै खुसी बटुलेको गीत बजारमा आएन । उनले सम्झे, ‘पहिलो गीत गाउँदा जति आनन्द र खुसी त्यसपछि मिलेको छैन् । तर त्यो गीत विविध कारणले बजारमा पठाउन सकिएन ।’ उनको बजारमा सार्वजनिक भएको पहिलो गीत ‘मेरो मुटु, मेरो धड्कन’ हो । सो गीतमा महिला गायनमा विष्णु माझीको स्वर रेकर्ड गराए ।

Advertisement

माझीलाई पहिलो गीत गाउन लगाउँदा २० हजार पारिश्रमिक दिएका थिए । ‘त्यसपछि थुप्रै गीतमा विष्णु दिदीसँग २ लाख पारिश्रमिक हुँदा सम्म सहकार्य गरे ।’उनले भने । उनले गाएका दर्जनौ गीत हिट छन् । ‘अधुरो प्रेम’, ‘मेरो माया तिमिलाई अर्पण गरेको छु’, ‘ए नि बरै’, ‘राजारानी’, ‘सुन सबैले सुन’, ‘मायालु’, ‘फक्रिएको फूल’, ‘तिम्रो रुपैले मच्चायो धमाका’, ‘जहाजै चढेर’, ‘कुन मन्दिरमा धाउँ’, ‘पिपलुमा जल चढाँउ है’, ‘ती तिम्रा नजर रसाए’लगायतका गीतलाई दर्शक स्रोताले मन पराएका छन् ।

Advertisement

गायक तथा संगीतकार खड्का आधुनिक संगीतमा पनि उत्तिकै प्रखर मानिन्छन् । ‘कस्तो भाग्य’बोलको गीतबाट आधुनिक विधामा होमिएका उनी सफल मानिए । ‘ए जिन्दगी’, ‘पत्थरको मुटु’, ‘मायाको भिख’, ‘झुटो माया’, ‘कन्चन’जस्ता गीतले दर्शक स्रोताको माया पाएका छन् । संगीतकार खड्काले भने, ‘लोक विधामा मात्रै खुम्चन मन लागेन । सकिन्छ भने गरौँ भन्ने भावले आधुनिक संगीत शुरु गरे । दर्शक स्रोताको माया र प्रतिक्रियाले अघि बढेको छु ।’

परदेशी भावनाको पहिलो रेकर्डिङ गरेका खड्कालाई परदेशी कथा फाप्यो । उनले ‘ए परदेशी’को पहिलो भागले सफलता पाएपछि अहिले सिक्वलको रुपमा भाग ७ सम्म गीत बजारमा ल्याए । गीतसंगीतको व्यापार र आम्दानीबाट संगीतकार खड्का सन्तुष्ट छन् । ‘प्रविधिको सदुपयोग गर्न सके कमाउन सकिने प्लेट फर्म थुप्रै छन् । राम्रो कमाउन सकिन्छ ।’उनले थपे, ‘यूटुवको अलवा पनि टिकटक, सिआरविटी, पिआरविटीसहित विभिन्न विश्वबजारसम्म पुग्ने अडियो प्लेट फर्म छन् । गीत चल्दा लाखौँ हात पार्न सकिन्छ ।’ रोयल्टी संकलन समाजबाट राम्रै रकम हात पारेका उनले राम्रो काम शुरुवात भएको बताए । आम्दानीको स्रोत थपिनु वा संगीत क्षेत्रको व्यवस्थापनले संगीतमा संघर्ष गरिरहेका र नवप्रवेशीलाई आशा र प्रोत्साहन मिल्ने उनको भनाई छ ।

काठमाण्डौँमा भोकै बसेको देखि सडकमा सुतेको कथा सुनाउने संगीतकार खड्काले ५ बर्ष दोहोरी साँझमा काम गरे । दोहोरी साँझको भीडमा ४–५ साँझमा गीत गाएर परीक्षा दिएपछि पसपार्क क्षेत्रको कालिन्चोक दोहोरी साँझमा काम पाए । दोहोरी साँझ किन छाड्नु भो भन्ने प्रश्नमा खड्काले भने, ‘मैले सृजनालाई प्राथमिकतामा राखे । दोहोरीमा काम गरेपछि दिउँसोसम्म सुत्नुपर्ने, आराम गर्नुपर्ने हुन्छ । त्यसले सृजना मरेजस्तो ठानेर सृजनाका लागि दोहोरी साँझ छाडे ।’ उनले दोहोरी साँझप्रति निकै सम्मान भाव रहेको बताए । ‘दोहोरी साँझ सिकाईको थलो हो । सोही प्लेटफर्मबाट सघर्ष गरेका कलाकारनै स्थापित बनेका छन् । मेरो आफ्नो कुरा गर्दा मादल, हार्मोनियम, गायन नै दोहोरी साँझबाटै सिक्ने अवसर पाएँ ।’उनले थपे ।

संगीतकार खड्काले १२ बर्षको अवधिमा केही अवार्डहरु पनि हात पारेका छन् । उनले १२ औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड, नेपाल म्युजिक अवार्ड, नेसनल एपिक म्युजिक अवार्ड, नेसनल फेस्टिबल म्युजिक अवार्ड र एपिक नेपाल म्युजिक अवार्ड जितेका छन् । ‘अवार्डहरुको भिडमा किनबेच हुने अवार्ड प्रशस्त छन् ।’ उनले भने, ‘पाएका अवार्डहरु पैसा खर्च नगरी पाएको हुँ ।’ वास्तविक सृजनाले अवार्ड पाउँदा खुसी लाग्ने र सर्जकको उपलब्धि नै दर्शकको माया र सम्मान रहेको उनले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै