spot_img

आज वाग्मती र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने अनुमान

spot_img

आज वाग्मती प्रदेश र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Advertisement

मौसमविद् समिर श्रेष्ठका अनुसार आज दिउँसो प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ भने राति प्रदेश-१ सहित वाग्मतीका केही ठाउँमा पनि ठूलो पानी पर्नेछ । यी दुई प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Advertisement

मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुनको न्यून चापी‍य प्रणाली भारततर्फ सरेकाले एक/दुई दिन लगातार झरी पर्ने सम्भावना छैन । यतिबेला काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ । काठमाण्डौमा बेलुकीपख भने पानी पर्ने अनुमान छ । 

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै