spot_img

५ वर्षमा सोलुका ७ सय मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिने

spot_img

सोलुखुम्बु जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले ५ वर्षमा ७ सय मोतिबिन्दुको बिरामीको निशुल्क शल्यक्रिया गर्ने लक्ष्य राखेको छ ।

Advertisement

हिमालयन मोतिबिन्दु परियोजनाको सहयोगमा जिल्ला सामुदायिक आँखा केन्द्रको आयोजना तथा स्थानीय तहको सहकार्यमा १० वटा आँखा शिविर मार्फत ७ सय मोतिबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गर्ने लक्ष्य राखिएको हो ।

Advertisement

सोमबार स्थाानिय सरकार सँग कार्यक्रम सञ्चालनका लागि समन्वय गर्ने गरि हिमालयन मोतिबिन्दु परियोजनाकी साउथ एसियन डाइरेक्टर पुनम भण्डारी र जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्र तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ अनुगमन, मुल्यांकन तथा परियोजना विकास अधिकृत पुष्पबाबु बस्नेतले समन्वय प्रमुख निरौलालाई हस्तान्तरण गरेका हुन् ।

Advertisement

सामुदायिक आँखा केन्द्रले ५ वर्षको अवधिमा जिल्लामा एक सय स्क्रिनिङ शिविरको आयोजना गर्ने तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ अनुगमन, मुल्यांकन तथा परियोजना विकास अधिकृत बस्नेतले जानकारी दिए ।

सम्झौतामा स्वयंसेविका र शिक्षकलाई प्राथमिक आँखा उपचार तालिम प्रदान गरि बालबालिकालाई अन्धोपनबाट बचाउने कार्यक्रम पनि समावेश रहेको छ । ५ बर्षमा जिल्लामा ३ वटा ग्रामिण आँखा केन्द्र पनि सञ्चालन गरिनेछ । यि सबै कार्यक्रम कार्यान्वयनका लागि सम्पुर्ण स्थानिय तहसँग जिल्ला समन्वय समितिले समन्वय गर्ने छ । यसअघि पालिका प्रमुखसँग समन्वय बैठक समेत बसिसकेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै