spot_img

हलेसी तुवाचुङको बजेट झण्डै ६५ करोड

spot_img

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आगामि आर्थीक वर्ष २०७९/८० का लागि ६४ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ । आज सम्पन्न नगरपालिकाको ११ औँ नगरसभामा उप–प्रमुख रमेश कुमार राउतले पेस गर्नुभएको आगामि अर्थाीक वर्षको बजेट बहुमतले पारित भएको हो ।

Advertisement

नगरपालिकाले नयाँ आर्थीक वर्षकालागि बजेट पारितसँगै उत्कृष्ट युवा व्यावसायि, उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको छ । नगरपालिकाले नयाँ बजेटमा पुराना अधुरा कार्यक्रम र लोकपृय बनेका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । आज सम्पन्न नगर सभाले नगरपालिकाको विनियोजन ऐन–२०७९ र आर्थिाक ऐन– २०७९ पनि बहुमतले पारित गरेको छ । केही नयाँ कार्यक्रम समेत ल्याएको छ । नगरपालिकाले ल्याएका केही कार्यक्रमहरुलाई यहाँ उल्लेख गरिएको छ ।

Advertisement

कृषि तथा पशुपालन
अगार्निक व्यावसायिक कृषि प्रणालीमा जोड दिदै जैविक कृषि उत्पादन र पशुपन्छी जन्य उत्पादन बढाइ व्यावसायिक र औद्योकिकरण गर्न टेवा पुग्ने कार्यक्रम सञ्चालन गर्ने निती तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकालाई माशुमा आत्मनिर्भर बनाउने, बाली तथा पशु बीमा कार्यक्रमलाई कार्यन्वयन गर्ने, एक वडा एक कृषि÷पशु पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्ने, बाझो रहेका जमिनमा विभिन्न फलफुल खेती गर्नेलाई नगद प्रोत्साहन स्वरुप प्रदान गर्ने, रिचार्ज पोखरी निर्माण गर्ने लगायतका कार्यक्रम समावेश भएका छन् ।

Advertisement
289874284 3190326771219875 8096332185685801540 n

पर्यटन
नगरपालिका भित्रका पर्यटकीय हिसाबले महत्वपुर्ण रहेका ठाउँको संरक्षण र व्यवस्थापनमा बिशेष ध्यान दिने, अन्य धार्मिक तथा ऐतिहासिक स्थलको पहिचान गरी संरक्षण गर्ने निती तथा कार्यक्रममा उल्लेख छ । हाल निर्माण भइरहेका धर्मशाला, रक गार्डेन, माङ्खिम, होलेसुङ पार्कको काम पुरा गर्ने, कुलपुजा देवाली थानहरुको निर्माण र व्यवस्थापन गर्दै लोपोन्मुख अवस्थामा रहेका बालन, संगिनी र मारुनी नाँचलाई संरक्षण गर्दै सांस्कृतिक संग्राहलय स्थापना गर्ने, पर्यटन प्रर्वद्धनलाई ध्यानमा राखी युवाहरुलाई दाभासे र पर्यटन सम्बन्धि तालिम दिने लगायतका कार्यक्रम नगरपालिकाले ल्याएको छ ।

उद्योग एवं वाणिज्य
मापदण्ड अनुसार साना तथा मझौला उद्योग सञ्चालन गर्न चाहाने युवालाई विशेष अनुदान दिने, स्थानीय उत्पादनलाई संकलन गरी बजारिकरण गर्न चाहानेकोलागि ५० प्रतिशत अनुदानको व्यावस्था गरिने, वैदेशि रोजगारीबाट फर्केकाहरुको ज्ञान, सीप पुजि र प्रविधिलाई उत्पादन र लघु उद्यमको विकासमा उपयोग गरिने कार्यक्रममा उल्लेख छ ।

शिक्षा
प्रत्येक विद्यालयमा निशुल्क इन्टरनेट जडान, प्रत्येक वडामा एउटा खेल मैदान निर्माण गर्ने कार्यक्रममा उल्लेख छ । डक्टर, इन्जीनियर र पाईलट अध्ययन गर्न चाहाने विपन्न जेहेन्दार तथा विद्याबारिधि गर्ने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यावस्थापन गर्ने कार्यक्रममा समावेश छ ।

289323590 3190326691219883 3148923177339305802 n

स्वास्थ्य
सुविधा सम्पन्न नगर अस्पताल निर्माण गरी स्वास्थय बीमा कार्यक्रम लागु गर्ने, नगरपालिका भित्रका जेष्ठ नागरिक, अपांगता भएका व्यात्ति, विपन्न एकल ब्यक्तिको निहुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रममा उल्लेख छ । नगर स्वास्थ्य शाखाबाट २४ घण्टै एम्बुलेन्स सेवा प्रदान गरिने, महिला स्वास्थय स्वयम सेविकाको भत्ता पाँच सयले बढाउने लगायतका स्वास्थ्य क्षेत्रका कार्यक्रम नगरको निती तथा कार्यक्रममा उल्लेख छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
एक वडा एक महिला सहकारी कार्यक्रमद्धारा १५०० घरधुरीलाई सहकारीको माध्यमबाट जीविको पाजैनमा टेवा पुर्याउने, नगरपालिका भित्र जन्मेका सबै बालिकाहरुकालागि बालिका बचत कार्यक्रम उपलब्ध गराइने कार्यक्रममा उल्लेख छ ।

सडक
दुधकोशी, सुनकोशी करिडोर, नगर रिङ रोड निर्माण कार्य अघि बढाइने, हलेसी–धितुङ–हात्तिआहाल–भाडबेसी–रेग्मीटार सडक स्तरोन्नती गर्दै कालोपत्रे गर्ने लगायतका कार्यक्रम सडक क्षेत्रमा छन् ।

भवन अन्य भौतिक पुर्वधार
एक घर एक सुरक्षित जस्ता कार्यक्रम निरन्तरता दिने, एकल महिला, एकल पुरुष र अभिभावक गुमाएका बालबालिका ९विपन्न परिवार० का लागि आवास निर्माण गरिने कार्यक्रममा उल्लेख छ । यस्तै विपन्न असहाय तथा अभिभावक गुमाएका बालबालिकाको संरक्षण पनि नगरपालिकाले गर्ने भएको छ ।

अन्य केही मुख्य कार्यक्रमहरु
विद्युतिकरण हुन बाँकी प्रत्येक घरधुरीमा पुर्याइने, विद्युतीय चुलो प्रयोगमा थप अनुदानको व्यवस्था, सामाजिक सुरक्षा भत्ता बैङकिङ प्रणालीलाई वढामा पर्यायने, नगरघारा सञ्चालन गरिने ३० लाख भन्दा बढी रकमको योजना ठेक्का प्रक्रियाबाट गर्ने, हलेसी तुवाचुङ प्रज्ञा प्रतिष्ठान स्थापना गरेर कला, साहित्य र संगीत क्षेत्रलाई अघि बढाउने, जेष्ठ नागरिक मिलन केन्द्र स्थापना लगायतका कार्यक्रमहरु बजेटमा समावेश छन् । रुपाकोटखबर

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै