spot_img

सोलुको मुख्य नाका पत्ताले र जोरबौद्धमा यात्रु सहायता कक्ष

spot_img

सोलुखुम्बुको दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्लाको पत्ताले र जोरबौद्धमा प्रहरीले चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

Advertisement

जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ७ जोरबौद्धमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी अनिल खनालले जिल्लामा भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि विशेष सुरक्षा योजना बनाईएको बताए ।

Advertisement

यात्रु सहायता कक्षमा यात्रुको गुनासो, सवारी साधन चेकजाँच, भाडादर चेकजाँच, यातायात व्यवसायी परिचय खुल्ने कागजात बोके नबोकेको जाँचबुझ गरिने प्रहरी नायब उपरिक्षक सुनिल जंग शाहले बताए ।

Advertisement

सोलुदुधकुण्ड नगरपालिका ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले प्रहरी र स्थानिय विचको समयन्वयमा सम्भावित आपराधिक घट्ना न्युनिकरण गर्न सकिने बताए ।

उता, पत्तालेमा स्थापना गरिएको यात्रु सहायता कक्षको वडाध्यक्ष पासाङ कट्वालले उद्घाटन गरेका छन् ।

चाडपर्वमा यात्रा गर्दा आफु नठगिन यात्रु आफै सचेत हुन आवस्यक रहेको भन्दै यात्रुलाई ठगिनबाट जोगाउने दायित्व प्रहरीको मात्र नभई सबैको रहेको वडाध्यक्ष कटवालले बताए । पत्तालेमा १ थान सिसि टिभिबाट पनि प्रत्यक्ष निगरानि गरिने छ

IMG 8967 scaled
IMG 8974 scaled
IMG 8976 scaled
IMG 8980 scaled
IMG 8981 scaled
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै