spot_img

सोताङका २६ शिक्षकलाई तालिम

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका भित्रका २६ जना शिक्षकलाई तालिम प्रदान गरिएको छ । रीड नेपालको आयोजनामा सोताङमै संचालित तालिममा ७ विद्यालयका २६ जना शिक्षकको सहभागीता रहेको थियो ।

Advertisement

सोताङ ५ का वडाअध्यक्ष मानवीर राईले शैक्षिक सुधारका लागि तालिमले महत्वपुर्ण योगदान गर्ने बताए । तालिममा वीरेन्द्रज्योति माविका प्रध्यानाध्यापक महानन्द प्रसाद फँुयालले सिकेका सिप व्यवहारमा प्रयोग गर्न आग्रह गरे ।

Advertisement
324479780 636547078238746 4897697327785997650 n

सोताङ पब्लिक क्याम्पसका प्रमुख ईश्वर प्रसाद तिमिल्सेनाले प्रविधिको प्रयोग गरेर पढाउन आग्रह गरे । सहभागीहरुको तर्फबाट बोल्दै मदन आश्रित आविका शिक्षक लक्ष्मण साहले तालिम प्रभावकारी भएको भन्दै तालिममा सिकेका सीप कक्षाकोठासम्म लैजाने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

शिक्षक भगवती बस्नेतले तालिमबाट नयाँ सिप हासिल गरेको भन्दै आयोजकलाई धन्यवाद दिइन् । उनले आगामी दिनमा पनि क्षमता अभिबृद्धि तालिमलाई निरन्तरता दिन आग्रह गरिन् । समापन कार्यक्रम रीड नेपालका शिक्षा कार्यक्रम प्रवन्धक मुक्ति घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै