spot_img

सरानिको राजस्व ७४ प्रतिशतले बृद्धि

spot_img

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुको राजस्व संकलनमा ७४ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक बर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ७४.४३ प्रतिशतले राजस्व संकलनमा बृद्धि भएको हो ।

Advertisement

आर्थिक बर्ष ०७७/०७८ मा १ करोड २१ लाख राजस्व संकलन गरेको निकुञ्जले ०७८/०७९ मा ४ करोड ७३ लाख २८ हजार ९ सय ९९.१४ रुपैयाँ संकलन गर्न सफल भएको निकुञ्जका सुचना अधिकारी विष्णु रोकायले जानकारी दिए ।

Advertisement

उनका अनुसार ०७७/०७८ मा कोभिडका कारण सगरमाथा क्षेत्रमा पर्यटकीय गतिविधि ठप्प हुँदा राजस्व संकलन न्यून भएको थियो । तर ०७८/०७९ मा पर्यटन गतिविधि लयमा फर्किएकाले राजस्व संकलनमा बृद्धि भएको हो ।

Advertisement

निकुञ्जले पर्यटक प्रवेश शुल्क, गैरकाष्ठ वन पैदावर तथा हेलिकप्टोर उडान तथा अवतरण वापत शुल्क लिने गरेका छन् । तेश्रो मुलुकका विदेशी पर्यटकबाट प्रतिब्यक्ति ३ हजार, सार्क मुलुकका पर्यटकबाट १ हजार ५ सय, नेपाली पर्यटकबाट १ सय रुपैयाँ र भरियाबाट २५ रुपैयाँ प्रबेश शुल्क निकुञ्जले लिने गरेको छ ।

त्यसैगरी तेश्रो मुलुकको विदेशी पर्यटकबाट प्रतिक्याम्प १ हजार ५ सय, सार्क मुलुकका पर्यटकबाट १ हजार र नेपाली पर्यटकबाट ८ सय रुपैयाँ क्याम्प शुल्क लिने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताए ।

हेलीकोप्टर उडान तथा अवतरणबाट प्रतिपटक ३ हजार रुपैयाँका दरले अवतरण शुल्क लिने गरेको छ । Himal FM

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै