spot_img

‘सक्किगोनि’ टिम सय भागको उत्सव मनाउन पुग्यो सोलु पत्ताले

spot_img

काठमाण्डौँ । चर्चित हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिम पर्यटकीय जिल्ला सोलुखुम्बुको पत्ताले पुगेको छ । श्रृंखलाको सय भागको छायांकनका लागि सक्किगोनि टिम सोलु पुगेको हो । पर्यटकीय संभावनाको हिसावले अब्बल मानिएको पत्तालेको प्रर्वद्धनका लागि सहयोग पु¥याउने द्येयले टेलिश्रृंखलाको सुट गर्न लागिएको निर्माण टिमले जनाएको छ ।

Advertisement

सो व्यवस्थापन र कथावस्तुका लाथि निर्देशक कुमार कट्टेल (जिग्रि), हरि निरौला(कक्रोज), दिपक आचार्य (काकु) लगायतको टोली शनिबारनै पत्ताले पुगेका छन् । निर्देशक कुमारले भने, ‘टेलिश्रृंखलाले सय भाग पुरा गरेको अवसरमा उत्सव मनाउने र सुट गर्ने तयारीमा छौँ ।’ सोमबार र मंगलबार सुट सकेर बुधबार काठमाण्डौँ फर्कने टिमको तयारी छ ।

Advertisement

अर्जुन घिमिरे(पाँडे), सागर लम्साल (बले), कमलमणी नेपाल(खुपीको बाउ), सिपि पुडासैनी (धतुरे), रक्षा श्रेष्ठ(रक्षा), गोविन्द कोइरला(जाइन्ते), मधुसुधन पाठक (सितेबा), प्रियना आचार्य(मुन्नी), रवि खनाल(नेता), सितादेवी तिमल्सेना (चन्द्रमुखी), रश्मी पाण्डे(माकुरी), सुबोद्य गौतम(एदुमे), पुरुषोतम आचार्य(प्रहरी), रामभजन कामत(रामभजन), भिमा मैनाली (मैना), सञ्जिता पाण्डे( सानु), कविराज भाम, भावना आचार्य (लुरी), सुमि मानन्धर (खुपी), लगायतका कलाकारहरु आइतबार पत्ताले जादैँछन् ।

Advertisement


‘सक्किगोनि’ हरेक विहिबार बेलुका ९ बजेपछि हिमालयन टेलिभिजनबाट र युटुबमा इएच डिजिटल मार्फत प्रस्तुत हुँदै आएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै