spot_img

विकासको मोडेल थुलुङ दुधकोशीबाट सिक्नुपर्ने प्रचण्डको भनाई

spot_img

सोलुखुम्बु । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै ईतिहास कायम गरेको बताएका छन् ।

Advertisement

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाहरुको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकार सम्पन्न बनाउन आवश्यक ऐन निर्माण गर्न बाँकी रहेको बताए ।

Advertisement

‘संघिय निजामति ऐन र सुरक्षा ऐनहरु बनाउन बाँकी छ, संविधानको सफल कार्यान्वयन मार्फत तल्लो तहलाई अधिकार सम्पन्न बनाउने ठूलो अभिभारा बाँकी नै छ’ उनले भने ।

Advertisement

संविधान दिवसको दिन आयोजित कार्यक्रममा उनले घुमाउरो पारामा फेरी एक पटक देशको कार्यकारी प्रमुख हुने संकेत गर्दै भने, ‘जनयुद्ध र शान्ति प्रक्रिया मेरै नेतृत्वमा सम्पन्न भयो, अब देशको विकास र सम्बृद्धिको एक पटक नेतृत्व गर्ने उत्कट चाहाना छ ।’ प्रचण्डले थपे, ‘समाजबादि मुलुक नेपालको एक पटक नेतृत्व गर्ने चाहाना छ, अब समाजबाद मार्फत नै मुलुकलाई सम्बृद्ध बनाउने हो ।’ जनयुद्ध मार्फत सामन्तबादको अन्त्य गरि वर्तमान संसवधान जारी गर्न सफल भएको प्रचण्डको तर्क छ ।

बोल्ने क्रममा प्रचण्डले विकासको मोडेल थुलुङ दुधकोशीबाट सिक्नुपर्ने समेत बताए । केन्द्र र प्रदेश सरकारसँग मिलेर पालिका विकासमा असिम राईले खेलेको भूमिकाको प्रसंशा गर्दै उनले भने, ‘थुलुङ दुधकोशीबाट विकासको मोडेल सिक्ने दिन आयो ।’

janardan solu 2 scaled

मुलुकमा ब्यापक रोजगारी सृजना हुन्छ – अर्थमन्त्री शर्मा
गाउँपालिका केन्द्र मुक्लिमा आयोजित कार्यक्रममा नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्माले संविधानको रक्षा मार्फत अब आर्थिक क्रान्तिमा होमिने बताए । नेपालमा माओबादीकै कारणले परिवर्तन संभव भएको भन्दै औद्योगिकरण मार्फत समाजबादि दिशामा अगाडी बढ्ने उद्घोष गरे ।

‘मैले कृषि र उद्योगिक विकासलाई प्राथमिक्तामा राखेर बजेट ल्याएको छु, अर्थमन्त्रि शर्माले भने, ‘ अब मुलुकमा रोजगारी सृजना हुन्छ, स्थानीय तहहरु सम्पन्न हुने छन् र विकासले नयाँ गति लिने छ ।’ अबको अन्तिम लक्ष्य समाजबादि मुलुक निर्माण रहेको भन्दै सोही अनुसार मुलुकको अर्थतन्त्र चलयामान हुने दाबी अर्थमन्त्रि शर्माको छ ।
प्रचण्डसँगको खटपट पछि पहिलो पटक एकै कार्यक्रममा देखिएका अर्थमन्त्री शर्माले आजको कार्यक्रममा भने प्रचण्डको खुलेर प्रशंसा गरे । उनले भने, ‘प्रचण्डको नै नेतृत्वमा देशले आमुल परिवर्तन गर्न सम्भव भयो, अब प्रचण्डकै नेतृत्वमा मुलुकको मुहार फेरिन्छ ।’

prachanda solu 3 scaled

थुलुङ दुधकोशीमा एकैसाथ ५० शैयाको दुधकोशी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवनको पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन् । दुधकोशी सामुदायीक अस्पताल १५ करोड, बहुप्राविधिक शिक्षालय ५ करोड र गाउँपालिकाको प्रशासनिक भवन पौने ७ करोडको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

‘जिल्लामै पहिलो पधटक सुविधासम्पन्न अस्पताल जनताबाट चन्दा उठाएर बनाएका हौँ’ पालिका अध्यक्ष राईले भने, ‘महायज्ञ लाएर जनताको एकताको बलले करोडौँको अस्पताल बनाउन सफल भएका छौँ ।’ पछिल्लो समय आस्था, जाति र लिंगको आधारमा विभक्त भएको समाजमा यी सबै कुराको एकताका कारण मात्रै भौतिक सम्रचना निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाई छ ।

कार्यक्रममा सोलुखुम्बुका निवर्तमान प्रतिनिधि सभा सदस्य हेमकुमार राई, प्रदेश १ का आर्थिक मामिला मन्त्रि ईन्द्र आङ्बो, प्रदेश १ मा पूर्व राज्यमन्त्रि उत्तम बस्नेत, स्थानीय सरकारका प्रमुखहरुको सहभागिता थियो । सो अवसरमा पालिकालाई २५ रोपनी निशुल्क जग्गा दिने स्थानीय समाजसेवी बलराम गुरुङ लगायतलाई सम्मान गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै