spot_img

राजु ढुंगेललाई ३ प्रश्न

spot_img

राजु ढुंगेल, गायनमा जति अब्बल छन्, बाद्यबादनमा पनि उत्तिकै कुशलता प्रकट गर्छन् । ओखलढुंगाको लिखुमा जन्मेका उनी दोहोरी साँझको सघर्षबाट उठेका र साधनबाट माझिएका कलाकार हुन् । चाहे दोहोरी साँझ होस्, चाहे टेलिभिजन कार्यक्रम वा दोहोरी प्रतियोगीतामा मादल बादनमा देखिने राजु पछिल्ला ५ बर्षदेखि अमेरिकामा छन् । उनले स्वर दिएको ‘सुपारी जाइको माला’, ‘पुर्वेली कान्छो’, ‘अकबरी सुन’, ‘जोर मादल बज्यो’ सदाबहार गीत हुन् । नेपाल आएको समयमा ‘जन्मघर’बोलको विहेमा आधारित गीत सार्वजनिक गरेका राजु अमेरिका फर्किसकेका छन् । नेपाल भेटमा ‘सत्य गफ’सँग गरिएको कुराकानीको सम्पादित अंश –

Advertisement


पछिल्लो गीत ‘जन्मघर’को बारेमा बोलौन ?
यो गीत पुर्वी भेगमा दर्जी दाईहरुले बजाउने लोक भाका हो । जस्लाई रेकर्ड गरेर संरक्षणको कोशिस गरेका हौँ । विवाह घरमा छोरी अन्माउने समयमा सनाईको माध्यमबाट दर्जीदाई बजाउने विरही भाकालाई गीतको रुपमा रेकर्ड गरेका छौँ । माइती र चेलीको वियोगको समयमा बजाइने भाका हो । जस्लाई भिडियोको माध्यमबाट अझ प्रष्ट पारेका छौँ । आशा छ, यसअघिका गीतहरु जस्तै सदाबहार माया पाउनेछु ।

Advertisement


मौलिकतालाई टपक्क टिप्ने बानी छ नी ? व्यवसायिकतामा खास ध्यान गएको पाउन्नौ, किननी ?
मैले गीत सार्वजनिक गर्दा कहिल्यै व्यवसायिकता हेरिन् । गीतबाट पैसा कमाउनुपर्छ भन्ने सोचबाट गाइडेड कहिल्यै भइन् । मौलिक भाकालाई रेकर्ड गराएर लोक भाका संरक्षणमा भूमिका खेल्नुपर्छ भन्ने लाग्छ । जति सक्छौँ, गाउँघरका भाकालाई संकलन गर्ने र रेकर्ड गर्ने सोचसहित अघि बढेको छु । आफ्ना सृजना सदाबहार बनोस् भन्ने लाग्छ । जस्तो, ‘सुपारी जाइको माला’सार्वजनिक गरेको बिस बर्ष भयो । अझै उत्तिकै सुनिन्छ, गाइन्छ । गीत बाँच्नु भनेकै कलाकार र सर्जक बाँच्नु हो । व्यवसायिक गीत क्षणिक व्यापार राम्रो गर्ला तर भोलि कस्ले सम्झने ? यस्तो अवस्था छ । यो वास्तविकता भन्दा पर बसेर अनवरत गीत संगीतको श्रीबृद्धिको अभियानमा छौँ ।

Advertisement


तपाईजस्तै सयौँ कलाकार विदेशिनुलाई कसरी बुझ्ने ?
आर्थिक सम्पन्नताका लागि कलाकार होस् वा अन्य नागरिक । एकपटक विदेश जानैपर्ने जस्तो परिस्थिति बन्दै गएको छ । देशमै बाँच्नै नसक्ने हैन् तर जो कोही आर्थिक सबलता र सुखद जीवनशैली चाहन्छ । त्यसको लागि कमाइ राम्रो हुने देश जानुलाई अन्यथा लिनु हुदैन् । हामी विदेशमा रहेपनि हाम्रो जिम्मेवारी बसेका छैनौ । विदेशमा रहेर होस् वा नेपाल आएको समयमा हरेकजसो कलाकारले गीत रेकर्ड र सार्वजनिक काम गर्दै आएका छन् । अझ विदेशमा रहेका कलाकार र शुभचिन्तक निर्माणमा गीत बन्नुले संगीत क्षेत्रलाई पनि गतिशील बनाएको छ । नेपालमै बसेर कमाएको पैसाले बाँच्न त धौ हुन्छ । गीतमा लगानी गर्ने वातावरण बन्दैन् । बरु, विदेश मा कमाएको सानो हिस्सा लगानी गर्दा पनि नयाँ सृजनाहरु बजारमा ल्याउने वातावरण बन्दै आएको छ । यस्लाई सुखद मान्नुपर्छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै