spot_img

‘बाला जोवान’को न्यू भर्सन (भिडियो)

spot_img

काठमाण्डौं । तपाईले ‘बाला जोवान’बोलको लोक गीत झलकमान गन्धर्वको स्वरमा सुन्नुभएकै होला । सोही सदाबहार लोक गीतलाई रि–रेकर्डिङको रुपमा यूवराज मगर र शान्तीश्री परियारको युगल गायनमा सार्वजनिक गरिएको छ ।

Advertisement

रेडियो नेपालमा २०३८ सालमा झलकमानले गाएको गीतलाई उनकै सम्मानका खातिर ल्याएको गायक यूवराजले बताए । ‘गीत गायन र एरेन्जका बारेमा पारिवारिक सहमति र अनुमतिको आधारमा गीत सार्वजनिक गरिएको हो ।’उनले भने । जुन गीत सुन्दै हुर्किए, सोही गीत गाउँन पाउनु सौभाग्य ठानेको उनको भनाई छ ।

Advertisement

‘बाला जोवान’बोलको गीतबाट प्रिय गीतलाई दोस्रो रेकर्डिङमा ‘नरोउ मायालु’बाट ब्राडिङ गर्न खोजिएको छ । ऊबेला बलराम चौलागाँईको शब्द, गणेश परियारको भाका संकलनमा झलकमान गन्धर्वको एक स्वरमा रेकर्ड गरिएको गीतलाई यो पटक यूगल गाइएको छ ।

Advertisement

पुरानो गीतमा दुई अन्तरा रहेको शब्दलाई चार अन्तरा गराइएको छ । गायक मगरले भने, ‘म आफैँ शास्त्रीय संगीतको विद्यार्थी भएकाले पनि पुरानो गायकको सम्मान गर्नु मेरो कर्तव्य हो । सोही अनुसार मौलिकलाई नमास्ने गरि काम गरेको छु ।’ तेस्रो अन्तरा सोही भाकामा गाउँघरमा गाइदै आएको शब्द र अन्तिम अन्तरामा झलकमान हजुरबुवाको सम्मानको खातिर थपिएको उनले बताए ।

यूवराज मगरको अफिसियल यूटुवमार्फत डिजिटल बजारमा पठाइएको गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् । सरोज राना, विजय पुन, विना राउत र विष्णु दगामी मगरको नृत्य रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै