spot_img

प्रदेश सभापति कर्माले गरे प्रतिस्पर्धीलाई सांसदमा सिफारिस

spot_img

सोलुखुम्बुको प्रदेस सभा ख का सभापति कर्मा शेर्पाले पार्टी अधिबेशनमा आफैसँग प्रतिस्पर्धामा उत्रेका नेतालाई सांसदको उम्मेदवारमा सिफारिस गरेका छन् । पार्टीको १४ औँ जिल्ला अधिबेशनको क्रममा आफुसँग क्षेत्रीय सभापति पदमा प्रतिस्पर्धा गरेका फरक टिमका नेता प्रेम थापामगरलाई प्रदेस सभाको प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेर राजनैतिक संस्कार प्रदर्शन गरेका हुन् ।

Advertisement

प्रत्यक्ष तर्फ ३ जनाको नाम सिफारिस गर्दा सभापति शेर्पाले आफ्नो पछि दोश्रो नम्बर प्रेम थापा मगरको नाम जिल्ला समितिमा पठाएका हुन् । त्यसपछि तेश्रो नम्बरमा भने आफ्नै समुहका साङ्गाबहादुर राईको नाम सिफारिस गरेका छन् ।

Advertisement

उनले पार्टी भित्रको आन्तरिक एकता कायाम गर्दै अग्रज नेताको सम्मानको लागि प्राथमिकता साथमा दोश्रो नम्बरमा सिफारिस गरेको बताए । ‘उहाँ अधिबेशनमा म सँग नै चुनाव लड्नु भएको थियो, मैले चुनाव जिते पनि वहाँको योगदानलाई नकार्न नसकेर नै मैले सिफारिसको प्रस्ताव गरेको हुँ’ क्षेत्रीय सभापति शेर्पाले भने । पार्टी संस्थापन पक्षको आङगेलु समुहबाट चुनावी मैदानमा उत्रिएका शेर्पाले संस्थापन ईत्तर बलबहादुर समुहका थापा मगरलाई भारी मतले पराजित गरेको थिए ।

Advertisement

प्रदेश सभा क्षेत्रीय समितिले समानुपातिक तर्फ भने नौ जनाको नाम पठाईएको छ । जसमा महिला संघकी निवर्तमान सदस्य डोल्मा तामाङ, पार्टी उपसभापति फुदोर्जी शेर्पा, महाधिबेशन प्रतिनिधि पासाङ शेर्पा, मनोज खड्का, मंलसिंह तामाङ, पार्टी नेताहरु टंकीमाया बस्नेत, सानुमाया राजभण्डारी, राजन बस्नेत र लाक्पा नुरु शेर्पा रहेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै