spot_img

पिके-दुधकुण्ड पर्यटन पदमार्गको मेयर शेर्पाले गरे शिलान्यास

spot_img

सोलुदुधकुण्ड नगरपालिकाको पिके डाडा-दुधकुण्ड पोखरी पर्यटन पदमार्गको शिलान्यास गरिएको छ । नगरपालिकाको समन्वयमा पर्यटन विभागको ४ करोड ७७ लाखको लागतमा निर्माण हुने पदमार्गको आइतबार नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शेर्पाले कामको गुणस्तरमा ध्यान दिन निर्माण कम्पनीलाई निर्देशन दिए । आवश्यक परेको खण्डमा स्थानीय सरकार सहयोग गर्न तयार रहेकाले राज्यको लगानी सदुपयोग हुने हिसाबले काम गर्न उनले आग्रह गरे ।

Advertisement

निर्माण कम्पनीका प्रमुख ऋषि प्रसाद फुयालले कामको गुणस्तरमा कुनै शंका नगर्न आग्रह गरे । यस बर्ष पिकेडाँडादेखि सुरु भएर २० देखि २५ किलोमिटर निर्माण गरिने निर्माण कम्पनी जलुकेनी निर्माण सेवा प्रा.लिका सन्चालक ऋषिराज फुयालले बताए । जसमा ३ किलोमिटर सिढि, ४ किलोमिटर सोलिङ, २ वटा बिश्राम घर, १०० घनमिटर जाली, मेसिनरी वाल २५० घनमिटर, आवश्यकता अनुसार काठेपुल लगायतका संरचना निर्माण गरिने पर्यटन विभागका इन्जिनियर रोशन खड्काले जानकारी दिए ।

Advertisement

पिकेडाँडा हुदै टाक्टोर–जुनबेशी–दुधकुण्ड जोड्ने लक्ष्य राखिएको पदमार्ग आगामी असार मसान्त भित्रमा तोकिएको परिणामको काम सम्पन्न गरिसक्नुपर्ने समय सिमा पाएको छ । सोलुदुधकुण्ड नगरपालिका २ जुनबेशिमा गरिएको शिलान्यास कार्यक्रममा मेयर शेर्पासहित उपमेयर गान्धी माया तामाङ, वडा नम्बर २ र ३ का अध्यक्ष, निर्माण कम्पनी र पर्यटन बिभागका इन्जिनियर, स्थानीय पर्यटन ब्यवसायि लगायतको सहभागीता रहेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै