spot_img

नेपालको पहिलो फिफा वर्ल्डकप गीत सार्वजनिक

spot_img

नोभेम्बर १८, २०२२ कतारमा आयोजना हुन गईरहेको फिफा वर्ल्डकपलाई समेटेर पहिलो पटक नेपालबाट फिफा वर्ल्डकप गीत सार्वजनिक भएको छ । अंग्रजी भाषामा तयार गरिएको यो गीतलाई नेपालका चर्चित गायक पूर्ण राईले गाएका हुन । फुटबल महासंग्राम फिफा वर्ल्डकपको गीतहरु बिभिन्न देशका कलाकारहरुले तयार गर्ने सिलसिलामा नेपालबाट भने यो पहिलो गीत हो ।

Advertisement

सेभेन समिट फर फिफा वर्ल्डकप अभियानका लिडर नर्बिन मगरको नेतृत्वले फिफा ट्रफी (रेप्लिका), फिफा सम्बद्ध २११ राष्ट्रहरुको झण्डा र गायक पूर्ण राईले गाएको गीतलाई सगरमाथा चुचुरोमा सार्वजानिक गर्दै टिमले भिडियो समेत निर्माण गरेर फर्किएको छ । यो अभियानमा खेलकुद, विश्वशान्ती, पर्यटन र जलवायु परिवर्तन सम्बन्धी सचेतनामुलक नारा सहित विश्वको सात महादेशको अग्लो हिमालमा ट्रफी (रेप्लिका), झण्डा र टाईटल गीत पुर्याउने र सोही एतिहासिक सामाग्रीहरुलाई संग्राहलयमा राख्ने गरी फिफा संस्थालाई नेपालको तर्फबाट हस्तान्तरण गर्ने लक्ष्य रहेको छ ।

Advertisement
2nd photo

Advertisement

गायक पूर्ण राईका अनुसार यो अभियान समग्रमा स्वास्थ्य र सुरक्षित पृथ्वीका लागि जोडिएको छ । त्यसैगरी फिफा वर्ल्डकपको गीत निर्माण नेपालबाट पहिलो हो भने सगरमाथा टपमा गीत सार्वजानिक गर्ने र सोही गीतको भिडियो शुटिङ कार्य समेत संसारमै पहिलो भएकोले एतिहासिक भएको बताए ।

यस फिफा वर्ल्डकप गीत लेखनमा नर्बिन मगर, संगीत बिकास चौधरी तथा संगीत सम्योजन सञ्जय हमालले गरेका हुन । बहुप्रतिक्षित नेपालको पहिलो फिफा वर्ल्डकप गीत संगै भिडियो पनि टिमले युट्युब मार्फत सार्वजानिक गरिसकेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै