spot_img

नेचासल्यानका मतदाताले रुचाएकी विना

spot_img

सामान्यतया निर्वाचनमा प्रतिस्प्रर्धा हुन्छ । तर सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा उपाध्यक्षका उम्मेदवारबीच प्रतिस्प्रर्धा नै भएन भन्दा पनि फरक पर्दैन् । नेचासल्यानका उपाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवार सृजना राईले १७८१ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार विना राईले २९०६ मत पाइन् ।

Advertisement

सृजना र विनाबीचको मतान्तर ११२५ देखियो । यो मतान्तरले विनालाई भारी मतले नेचासल्यानीले विश्वास गरेको पाइन्छ । जबकी, कांग्रेसका अध्यक्षका उम्मेदवार धनजन राईले २५६९ मत पाए । विनाको मत अध्यक्ष राईको भन्दा पनि २५६ ले बढि हो ।

Advertisement

चुनावी मतपरिणामलाई निहाल्दा पत्रकारितामा दशक बढिको अनुभव बटुलेर सक्रिय राजनीतिमा होमिएकी विनालाई मतदाताले विश्वास गरेको देखिन्छ । विनाले पाएको प्रतिस्प्रर्धी सँगको मतान्तर मत पुर्वी नेपालकै लोकप्रिय मत हो । विना राई नेचासल्यान ४ मा जन्मे हुर्केकी हुन् । डबल डिग्री गरेकी विनालाई उपाध्यक्षमा समक्ष नेतृ मानिएको छ ।

Advertisement

२०६४ सालमा नेपाल विद्यार्थी संघको महाधिबेशन प्रतिनिधि बनेकी राई २०६६ मा नेपाल प्रेस युनियनको केन्द्रीय महाधिबेशन प्रतिनिधि, २०६८ मा प्रेस युनियनका जिल्ला उपाध्यक्ष बनिन् । २०६९ मा एनिसिडिपी कार्यक्रम सोलुखुम्बुको संयोजक बनेर काम गरेकी उनले २०७२ स्थानीय निकाय अनुगमन परियोजनाको जिल्ला संयोजक भएर अनुभव बटुलेकी छिन् ।

२०७८ मा नेपाल पत्रकार महासंघ सोलुखुम्बुको उपाध्यक्ष बनेकी राई २०७८ मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित बनिन् । नेपाली कांग्रेसको १४ औँ महाधिबेशनमा क्षेत्रीय प्रतिनिधि बनेकी उनी २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसकाबाट नेचासल्यान गाउँपालिकाको उपाध्यक्षमा लोकप्रिय मतसहित विजयी बनिन् ।

शिक्षित युवा पालिकाको नेतृत्वमा पुग्दा योजना तर्जुमा र कार्यान्वयन उपलब्धिमूलक बन्ने मतदाताको विश्वास देखिन्छ । योजना अनुगमन, न्याय सम्पादन लगायतको मुख्य जिम्मेवारी रहने पद पालिका उपाध्यक्षमा निर्वाचित राईले भष्ट्राचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएकी छिन् भने चेली बचत, सुत्केरी सेवा प्रभावकारी बनाउने, महिला हिंसा पालिका घोषणा गर्ने, गृहणीलाई उद्यमी बनाउने, किशोरीलाई निशुल्क प्याड वितरण, घरघरमा विद्युतीय चुल्हो, पारदर्शीता र जवाफदेहीका लागि सार्वजनिक सुनुवाई गर्ने लगायतका ग्रामिण जीवनसँग जोडिएका योजना अघि सारेकी छिन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै