spot_img

दूधकोशी जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहणको काम अगाडि बढ्यो

spot_img

बहुप्रतीक्षित ६ सय ३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा जग्गा अधिग्रहणको काम सुरु भएको छ ।

Advertisement

राष्ट्रिय गौरवको यो आयोजनाका लागि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा जग्गा अधिग्रहणको काम अघि बढेको हो ।

Advertisement

आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन सम्पन्न गरेर अहिले आयोजनाको तयारी चरणको काम भइरहेको छ । जस अन्तर्गत आयोजनाले ओगट्ने क्षेत्रमा पर्ने खोटाङको ५ हजार ८ सय ६० कित्ता र ओखलढुंगाको १ हजार ९ सय ७१ कित्ता जग्गा रोका गरेर मुआब्जाको काम अगाडि बढाएको छ । यस्तै सोलुखुम्बुमा जग्गा रोकाको तयारी भइरहेको छ । तीनै जिल्लामा जग्था प्राप्ति र मुआब्जाका लागि समिति गठन गरेर समितिले काम थालेको नेपाल विद्युत प्राधिकरणका सहायक निर्देशक बासु कलौनीलेलाई बताउनुभयो ।

Advertisement

ओखलढुंगाको चिसंखुगढी तथा खोटाङको रावाबेंसी गाउँपालिकाको सीमानामा रहेको रबुवाघाटस्थित दुधकोसी नदीमा २ सय २० मिटर अग्लो बाँध बाँधेर यो आयोजनाको जलाशय निर्माण हुँदैछ । जलाशय ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको १९ किलोमिटर क्षेत्रमा फैलिने अनुमान गरिएको छ । १३ किलोमिटर लामो सुरुङमार्गमार्फत खोटाङको धितुङमा पानी खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । सन् २०२३ को पहिलो चौमासिकबाट थाल्ने लक्ष्य राखिएको यो आयोजना करिब २ सय २० अर्ब लागतमा निर्माण हुँदैछ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै