spot_img

थुलुङ दुधकोशी र सोताङबाट स्नुकर खेलाडी छनौट

spot_img

सोलुखुम्बुको सल्लेरीमा भदौ ११ देखि १४ सम्म आयोजना हुने जिल्लास्तरिय स्नुकर प्रतियोगीताका लागि थुलुङ दुधकोशी र सोताङ गाउँपालिकाबाट खेलाडी छनौट भएका छन् ।

Advertisement

स्टार यूथ क्लबको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धामा होमिएका १० खेलाडीबाट घनश्याम नेपाली, रामकुमार राई, सचिन थापा, रुद्र बहादुर बस्नेत छनौट भएको क्लबका महासचिब सुन्दर तामाङ (विजय)ले जानकारी दिए ।

Advertisement

त्यस्तै, सोताङ गाउपालिकाबाट कृष्ण कार्की, भुपाल नाछिरीङ, दिनेश राई, रविन राई छनौट भएको खेल संयोजक तेन्जी शेर्पाले जानकारी दिए ।

Advertisement

यसअघि नेचासल्यानबाट देश कुमार राई, दिपेन राई, शिव कुमार राई र नविन राई छनौट भएका छन् भने सोलुदुधकुण्ड नगरपालिकाबाट पासाङ शेर्पा, तेन्जी शेर्पा, पेम्बा शेर्पा र छिरिङ शेर्पा छनौट भए ।

महाकुलुङ, माप्य दुधकोशी र खुम्बु पासाङ ल्हामू गाउँपालिकामा क्रमश खेलाडी छनौट गरिनेछ । बेस्ट अफ फाइब नकाउटको आधारमा हुने प्रतियोगिताका शिर्ष तीन खेलाडीलाई क्रमशः नगद ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै