spot_img

जोरबौद्ध–नेले सडकखण्ड जिर्ण, पुर्वाधार विकास कार्यालय मौन

spot_img

सोलुखुम्बुको जोरबौद्ध–नेले सडकखण्ड जोखिमपुर्ण बनेको छ । हिउँदको समयमा खाल्डाखुल्डी र बर्खाको समयमा पहिरो तथा ड्रेन भत्किदा सवारी संचालनमा समस्या भएको छ । सडक मर्मतको जिम्मेवार निकाय पुर्वाधार विकास कार्यलय ओखलढुंगा मौन छ ।

Advertisement

सोलुदुधकुण्ड नगरपालिकाको जोरबौद्ध देखि थुलुङ दुधकोशी गाउँपालिकाको नेले सम्म तत्कालीन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई सोलखुम्बुले सडक ब्ल्याकटप ग¥यो । सडक बनाएको ३ महिना देखि भत्किन थाल्यो । कामको गुणस्तरियता माथि प्रश्नचिन्ह खडा हुँदाहुदै पनि तामझामका साथ पुर्वाधार विकास कार्यलय ओखलढुंगालाई हस्तान्तरण गर्यो ।

Advertisement

डिवि एस टि विधिबाट स्वच्छन्द रौता जेभिले ५ करोड रकम खर्चिएर कर्मकाण्डी रुपमा बनेको सडकको संरचना भत्किदा सवारी चालक र सर्वसाधारण मर्कामा परेका छन् । सवारी चालक हुत्तराज कार्कीले सडक एकदमै जोखिमपुर्ण बनेको गुनासोे गरे । सडक मर्मत गर्नु त कता हो कता ? सडकको ड्रेन पुरिएको छ । छेउ–भित्ता पुरै जंगल जस्तै भएको छ । जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढाएको छ । भित्तामाउम्रिएका रुखका बिरुवा सडकमा के गुढ्दै छ, भन्ने देखिदैन ।

Advertisement

पुर्वाधार विकास कार्यालय कानमा तेल हालेर बसको छ । पुर्वाधार विकास कार्यालयका प्रमुख गंगा सागर यादव फोन उठाउदैनन भने कार्यालयका कर्मचारी यसबारे थाहा नभएको बताउँछन् । प्रदेश १ सरकार अन्तरगतको सडक पुर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रबक्ता रेवतीरमण पराजुलीले पुर्वाधार विकास कार्यालय ओखलढुंगालाई पत्राचार गरि सडक मर्मत गर्न लगाउने बताए ।

सडक मर्मतको सवालमा यसअघि सोलुदुधकुण्ड नगरपालिका ७ ले नगरपालिका र पुर्वाधार विकास कार्यालय लगायतलाई ध्यानाकर्षण गराएको थियो । सञ्चार माध्यमबाट पनि पटक पटक आवाज उठेपनि अहिले सम्म सडक मर्मतको काम नभएको सन्तोष श्रेष्ठले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै