spot_img

चिनियाँ कम्पनीबाट बुढीगण्डकी निर्माणको लाइसेन्स खोसियो

spot_img

काठमाडौं । सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीबाट खोसेको छ ।

Advertisement

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वदेशी लगानीमै जलाशययुक्त उक्त आयोजना बनाउने निर्णय गर्दै चिनियाँ कम्पनी चाइना गेजुवा कम्पनीबाट लाइसेन्स खोस्ने निर्णय गरेको हो ।

Advertisement

केपी ओली सरकारले उक्त आयोजना बनाउने जिम्मा चाइना गेजुवालाई दिएको थियो । धादिङ र गोर्खा जिल्लाको सिमा नदीको रुपमा रहेको बूढी गण्डकी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले राखेको छ भने वर्षाैंदेखि पेट्रोलियम पदार्थका उपभोक्ताबाट प्रति लिटर पाँच रुपैयाँ उठाईदै आएको छ । सोही पैसा पनि झण्डै एक खर्ब पुग्न लागिसकेको छ ।

Advertisement

आयोजना अन्तर्गत अहिलेसम्म ४८ हजार ९४८ रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने ६४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको तथ्यांक ऊर्जा मन्त्रालयको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै