spot_img

खुम्बुमा १३ पर्यटकको मृत्यू, दुई बेपत्ता

spot_img

एक बर्षको अवधिमा खुम्बु क्षेत्र भ्रमणमा आएका एक दर्जन बढी विदेशी पर्यटकको मृत्यू भएको छ भने दुई जना बेपत्ता भएका छन् । २०७८ को जेठदेखि ०७९ को जेठ सम्ममा खुम्बु भ्रमणमा आएका १३ जना विदेशीको मृत्यू भएको र दुई जना बेपत्ता भएको पर्यटक प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुले जनाएको छ ।

Advertisement

कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक पुर्ण प्रसाद दाहालका अनुसार २०७८ मा सगरमाथा आरोहण गरेर फर्कने क्रममा लडेर बैशाख ३० गते बेलायती नागरिक ३४ र स्विजरल्यान्डका ४१ बर्षीय पुरुष, जेठ ८ गते ६१ र ३४ बर्षका बेलायती नागरिकहरु मृत्यू भएको हो । असोज २९ गते भारत केरलाका २० बर्षीय पुरुष र कार्तिक १९ गते बेलायती नागरिक १९ बर्षीय युवकको हाई लागेर बेसक्याम्प क्षेत्रमा मृत्यू भएको हो ।

Advertisement

यस्तै, कार्तिक २१ गते दुई जना २७ र एक जना ३४ बर्षका गरि ३ जना फ्रान्सेली नागरिकको सगरमाथा चढ्ने क्रममा लडेर मृत्यू भएको पर्यटक प्रहरी उपशाखा लुक्लाले जनाएको छ । २०७९ को बैशाख ६ गते रसियन नागरिक ५५ बर्षका पुरुष हिमाल चड्ने क्रममा लडेर र बैशाख २२ गते ५५ बर्षीय भारतिय नागरिकको गोक्योमा लेक लागेर मृत्यू भएको प्रहरीको तथ्यांक छ ।

Advertisement

बैशाख ३१ गते क्यानाडियन ५० बर्षीय पु्रुष स्याङबोचेमा सुतेकै अवस्थामा ज्यान गएको र जेठ २० गते बेलायतीे १९ बर्षीय पुरुषले खुम्बुमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । गत जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन बेपत्ता भएका छन् ।

उनीहरुको खोजी जारी राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । खुम्बु क्षेत्रमा मृत्यू भएका तथा बेपत्ता भएका अघिकांश विदेशी पर्यटकहरु गाईड तथा सहयोगी विना एक्लै भ्रमणमा आएकाहरु रहेको पर्यटक प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै