spot_img

काठ निकासीमा गिरावट

spot_img

सोलुखुम्बु । सोलुखुम्बुमा काठ निकासीमा गिरावट आएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक २०७९/८० को सोही अवधिमा काठ निकासी दुई हजार ३९ दशमलव ६६ क्युफिटले गिरावट आएको हो ।

Advertisement

गत आवको पहिलो छ महिनामा ६७ हजार चार सय २६.८२ क्युफिट काठ निकासी भएकोमा चालु आवको सोही अवधिमा ६५ हजार तीन सय ८६.१६ क्युफिट काठ निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

जसबाट रु २३ लाख ३१ हजार चार सय ६४ मूल्य अभिवृद्धि कर, एक लाख ५० हजार नौ सय १६ प्रदेश कर र छ लाख २३ हजार आठ सय ४५ रुपैयाँ ४३ पैसा स्थानीय निकासी शुल्क सङ्कलन भएको डिभिजन वन कार्यालयका फरेष्टर खेचरबाबु बाँस्तोलाले बताए ।

Advertisement

चालु आवमा आर्थिक मन्दी, बजारको समस्या, व्यवसाय गर्नेले लगानी गर्न नसक्नुलगायतका कारणले काठ निकासीमा गिरावट आएको अनुमान गरिएको छ । जिल्लाको विभिन्न निजी वन क्षेत्रबाट काठ निकासी हुने गरेको वन कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै