spot_img

८६ मेगावटको सोलु दुधकोशीले माघ भित्रै विद्युत उत्पादन थाल्दै

spot_img

सोलुखुम्बुमा निर्माणाधिन ८६ मेगावट क्षमताको सोलु दुधकोशी जलविद्युत आयोजनाले माघ महिना भित्रमा विद्युत उत्पादन थाल्ने भएको छ । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको टवाईन टेस्ट गरिएको छ ।

Advertisement

बाँध, सुरुङ, पेनस्टेक, विद्युतगृहको परीक्षण पश्चात पानीले टर्वाइन घुमाएर ‘वेट टेष्ट’ गरिएको हो । अब केही दिनमा लाईन परिक्षण गरिने छ । तिङलामा रहेको लाम्माने सब स्टेशनमा उपकरण परिक्षण पश्चात विद्युत उत्पादनको काम सूरु हुने साहास उर्जाका ईन्जिनियर जेपि यादवले जानकारी दिए । यो आयोजना निजी क्षेत्रले निर्माण सम्पन्न गरेको सबैभन्दा ठूलो र देशको तेस्रो ठूलो आयोजना हो । आयोजनाको विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्लास्थित लम्माने सबस्टेसनमा जोडिनेछ । विद्युतगृहदेखि सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

Advertisement

आयोजनाबाट वार्षिक ५२० गिागावाट घन्टा (५२ करोड युनिट) विद्युत उत्पादन हुनेछ । कम्पनीका अनुसार हिउँदमा १००.२७ गिगावाट घन्टा (१० करोड २ लाख ७० हजार युनिट) र वर्षामा ४१९.९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) विद्युत उत्पादन हुनेछ । आयोजनाबाट यसअघि २०७८ चैतबाट नै विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाई, उपकरण ढुवानी समस्यालगायतले तालिका सरेको कम्पनीले जनाएको छ ।

Advertisement

यो आयोजना सम्पन्न गर्न करिब ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक र १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयरबाट जुटाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै