spot_img

सोलुमा मोतिविन्दु शल्यक्रिया शिविर चल्दै

spot_img

आगामी बैशाख ८ र ९ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा हुने मोतिबिन्दु शल्यक्रिया शिविर लक्षित सोलुखुम्बुका ६ स्थानीय तहका १० स्थानमा छनौट शिविर हुने भएको छ ।

Advertisement

नेपाल आँखा कार्यक्रम, जिल्ला सामुदायिक आँखा केन्द्रले जारी गरेको सूचना अनुसार माप्य दुधकोशी गाउँपालिकाको दुई स्थान काँकु र वाकु स्वास्थ्य केन्द्रमा चैत्र २० र २२ गते, थुलुङ दुधकोशी गाउँपालिकाको तीन स्थान पञ्चन, देउसा र जुबु स्वास्थ्य केन्द्रमा चैत्र २२, २३ र २५ गते मोतिबिन्दुका विरामी छनौट शिविर संचालन हुदैछ ।

Advertisement

त्यस्तै, सोताङ गाउँपालिकाको पावै स्वास्थ्य केन्द्रमा चैत्र २७ गते, महाकुलुङ गाउँपालिकाको गुदेल स्वास्थ्य केन्द्रमा चैत्र २९ गते, नेचासल्यान गाउँपालिकाका नेचाबतासे र सल्यानमा बैशाख २ र ३ गते, सोलुदुधकुण्ड नगरपालिकाको सिसाखोला आधारभूत विद्यालयमा बैशाख ५ गते छनौट शिविर संचालन गर्ने जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिए ।

Advertisement

छनौट शिविरमा गरिएको आँखा परीक्षणबाट जटिल प्रकारका मोतिबिन्दुका विरामीलाई बास र खानाको व्यवस्था आफैँ गर्ने गरि निशुल्क शल्यक्रियाको व्यवस्था मिलाइनेछ । शल्यक्रियामा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र चिकित्सकको उपस्थिती रहनेछ ।

eye camp
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै