spot_img

सोलुमा पहिलो पटक हुने स्नुकर प्रतियोगिताको तयारी पुरा

spot_img

 सोलुखुम्बुमा पहिलो पटक हुन लागेको स्नुकर प्रतियोगिताको तयारी पुरा भएको छ । सल्लेरीमा भोली (शनिवार)बाट सुरु हुने जिल्लास्तरिय स्नुकर प्रतियोगिताको आवश्यक सबै तयारी पुरा भएको आयोजक स्टार यूथ क्लबले जनाएको छ ।

Advertisement

भदौ ११ गतेदेखि १४ गतेसम्म जारी हुने सो प्रतियोगिताबारे शुक्रबार अपरान्न आयोजकले पत्रकार सम्मेलन गरि खेलको सबै तयारी पुरा भएको जानकारी गराएको हो ।

Advertisement
IMG 20220826 WA0098

क्लबका महासचिब सुन्दर तामाङ (विजय)का अनुसार राष्ट्रिय रेफ्रिसहित सबै खेलाडीहरु सल्लेरी आईपुगिसकेका छन् । सल्लेरी स्थित एभ्रेष्ट स्नोकर आससमा हुने प्रतियोगिताको संघिय सांसद हेम कुमार राई(सुरविर)ले विहान ११ बजे उद्घाटन गर्ने जनाइएको छ ।

Advertisement

जिल्ला समन्वय समितिको हलमा हुने सोही कार्यक्रममा स्टार युथ क्लबमा आवद्ध भई गत स्थानीय तह निर्वाचनमा निर्वाचिन भएका जननिर्वाचित प्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको महासचिव तामाङले बताए ।

IMG 20220826 WA0102

क्लबले गत साउन १४ गतेदेखि भदौ ४ गते सम्म आयोजना गरेको पालिका स्तरिय छनौट प्रतियोगिताबाट २९ जना स्नुकर खेलाडी छनौट भएका छन् । लिखुपिके गाउँपालिकाबाट १ जना र बाँकी सात वटा पालिकाहरुबाट ४/४ जना खेलाडी छनौट भएका हुन् । छनौट खेलमा आठ स्थानीय तहका ९२ खेलाडी प्रतिस्प्रर्धामा होमिएका थिए ।

बेस्ट अफ फाइब, सेबेन र नाइन नकाउटको आधारमा हुने प्रतियोगिताका पहिलो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ, द्धितीय पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ र तृतीय हुने दुई जनालाई २२ हजार २ सय २२ रुपैयाँको दरले पुरस्कार प्रदान गरिने आयोजनाले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै