spot_img

सोलुमा अलैँची उत्पादन क्षेत्रमा बृद्धि, कृषक भने बोट मास्दै

spot_img

सोलुखुम्बुमा अलैँची उत्पादनशील क्षेत्रमा बृद्धि भएको छ । खोल्साको कालो सुनको रुपमा परिचित अलैँची खेति प्रति एक दशक यता कृषकको आकर्षण बढेको समयमा गरिएको अलैचीले उत्पादन दिन थालेको कृषि प्राविधिकहरुले बताएका छन् ।

Advertisement


कृषि ज्ञान केन्द्र सोलुखूम्बुको अनुसार सोलुखुम्बुमा आर्थिक वर्ष २०७५–७६ मा ९० हेक्टर जमिनमा अलैचि खेति हुँदा ७८ मेट्रिकटन उत्पादन भएको थियो ।

Advertisement


त्यस्तै आर्थिक वर्ष २०७६–७७ मा अलैँची खेति हुने क्षेत्रफल ९४ हेक्टर पुगेको पाईएको छ । सोही आर्थिक वर्षमा ९४ मेट्रिकटन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका सुचना अधिकारी कुल बहादुर राईले जानकारी दिए ।

Advertisement


आर्थिक वर्ष २०७७–७८ मा १६५ हेक्टर जमिन अलैँची उत्पादनका लागि योग्य हुँदा ९१ हेक्टर जमिनमा रोपिएको अलैँचीले ६९ मेट्रिकटनले अलैँची उत्पादन भएको छ ।


आर्थिक वर्ष २०७८–७९ मा भने अलैँची उत्पादन क्षेत्र विस्तार र उत्पादनमा व्यापक बृद्धि भएको पाईएको छ । गत आर्थिक वर्षमा उत्पादनशलि क्षेत्र बढेर १५० हेक्टर पुगेको छ भने १३० मेट्रिकटन उत्पादन भएको थियो ।


कोरोना महामारीका कारण अलैँची बिक्रि नहुँदा कृषकले समस्या खेपेका किसानले विभिन्न रोग किरा समेत लागेकाले कृषकले बोट नै उखाल्न थालेका छन् ।


विगतका वर्षमा ठेकेदार गाउँ गाउँ आएर अलैँची ठेगेर लैजाने भएपनि उत्पादन भएको अलैँची समयमै बिक्रि नभएको महाकुलुङको चाचालुङका पविन कुलुङले बताए । अलैँची खेति मासेर बैकल्पिक खेति तिर कृषक लागेका हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै