spot_img

सोलुदुधकुण्डका टोल सुधार समिति सक्रिय, कारागारदेखि गुम्बासम्म सरसफाई

spot_img

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ क्षेत्रको जिल्ला कारागारदेखि थेक्छेन पेमा छोलिङ गुम्बा परिसरसम्म सरसफाई गरिएको छ । माथिल्लो सल्लेरी गुम्वा टोल सुधार समितिले समुदाय फोहोर बढ्न थालेपछि बिहीबार नगरपालिकाका वातावरण संयोजक मुना खत्रिको नेतृत्वमा सरसफाई गरिएको हो ।

Advertisement

आफ्नो गाउँटोल आफै सफा गरौं भन्ने धारणाका साथ मानिसको आवतजावत हुने स्थान कारागार परिसर देखि धार्मिक स्थल गुम्बासम्म सरसफाई गरिएको वातावरण संयोजक मुना खत्रिले जानकारी दिईन् । लामो समय देखि सो क्षेत्रको सरसफाई नहुँदा दुर्गन्ध समेत फैलन थालेको थियो ।

Advertisement

स्थानिय सजिना तामाङले वातावरण सरसफाई गर्न स्थानिय आफै जागरुक हुनुपर्नेमा नगरपालिकाले टोल सुधार समिति गठन गरि यो काम सुरु गरेकोमा खुसी व्यक्त गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका भित्र ४५ वटा टोल सुधार समिती गठन गरिएको छ । सदरमुकाम सल्लेरी क्षेत्रमा मात्रै १५ वटा टोल सुधार समिति छन् । कतिपय स्थानमा टोल सुधार समिति सक्रिय छन् भने कतिपय स्थानमा गठन भएपश्चात निस्क्रिय रहेका छन् ।

Advertisement

सरसफाई कार्यक्रममा स्थानिय, नगरका प्रतिनिधी, नेपाल प्रहरी र नगर प्रहरी सहभागि रहेको प्रहरी सहायक निरीक्षक –अ.स.ई)श्याम नारायण यादवले जानकारी गराए ।

3 scaled
4 scaled
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै