spot_img

सोलुखुम्बुमा ९ वटा अबैध क्रसर, नियमनकारी निकाय मौन

spot_img

सोलुखुम्बुमा ९ वटा क्रसर उद्योग रहेका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी र सोताङ गाउँपालिका क्षेत्रमा गरि ९ वटा क्रसर उद्योग रहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

हाल सोलुदुधकुण्ड नगरपालिका २ मा सोलुखुम्बु कन्क्रिट इन्डष्ट्रिज प्रा.लि., बेनी हाइड्रो र माथिल्लो सोलुखोला जलविद्युत आयोजना, सोलुदुधकुण्ड नगरपालिका ११ मा तल्लो सोलु जलविद्युत आयोजना(हेड वर्क) र तल्लो सोलु जलविद्युत आयोजना(पावर हाउस), थुलुङ दुधकोशी गाउँपालिका २ मा खाम्पाचे शेर्पा निर्माण सेवा र यूनुकुली कर्सर निर्माण सेवा, सोताङ गाउँपालिका ५ मा हुगा कन्ट्रक्सन प्रा.लि. रहेका छन् ।

Advertisement

जसमा ६ वटा क्रसर उद्योग हाल सञ्चालनमा छन् भने बाँकी ३ वटा सञ्चालनमा नरहेको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए । उक्त क्रसरहरु दर्ता भएको दाबी गरिएपनि घरेलु तथा साना उद्योग कार्यालयमा भने कुनै पनि उद्योग दर्ता नभएको पाइएको छ ।

Advertisement

त्यस्ता उद्योगहरु घरेलुमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था भएपनि उद्योगहरुले हाईड्रोपावर तथा अन्य कारण देखाएर दर्ता नगरेको श्रोतको दाबी छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै