spot_img

सुवासको जन्मदिन अनाथ बालबालिकासँग (फोटो फिचर)

spot_img

काठमाण्डौँ । नेकपा माओवादी केन्द्र काठमाण्डौँ – सोलुखुम्बु सम्पर्क समन्वय समितिका अध्यक्ष सुवास जमर कट्टेलले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएका छन् ।

Advertisement

साहित्यकार समेत रहेका जमरकट्टेलले एकिकृत सृजनशील समाजले काठमाडौको मनमैँजुमा सञ्चालन गरेको द्वन्दपिडित बाल आश्रममा पुगेर बालबालिकासँग जन्मदिन मनाएका हुन् । दशबर्षे जनयुद्ध र जनआन्दोलनबाट शहिद बनेका, घाइते, अपाङ्गहरुका अनाथ बालबालिकालाई संरक्षण गर्ने उदेश्यले सञ्चालित अनाथ बाल आश्रममा १३ जिल्लाका ४७ जना बालबालिकाहरु आश्रित छन् ।

Advertisement
277471908 4989647637815000 628865861853445108 n

जमरकट्टेलले बालबालिकालाई स्टेशनरी वितरण गर्नुका साथै आश्रमलाई नगद १५ हजार सहयोग हस्तान्तरण गरेका हुन् । एजेन्सी मेनेजर समेत रहेका जमरकट्टेलको सिटिजन लाईफ इन्स्यूरेन्स कम्पनी स्वयम्भू शाखाले बाल आश्रममै केक काटेर जन्मदिन मनाइदिएका थिए ।

Advertisement

शाखा प्रमुख कल्पना कार्कीले सिटिजन लाईफ पनि सामाजिक कार्यमा रहेको र आगामी दिनहरुमासहयोग उपलब्ध गराउने बताइन् । जमरकट्टेलले जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गरेर अनाथ बालबालिकालाई संरक्षण गरेको आश्रमलाई सहयोग गरेको बताए ।

277835262 766191444787094 445029443681711811 n

जनयुद्धका बटालियन कमान्डर प्रतिकले एकिकृत सृजनशील समाज नामक सामाजिक संस्था दर्ता गरेर द्वन्द्वपिडित बालबालिकालाई संरक्षण गर्दै आएका छन् । ७ बर्ष अघि शुरु गरिएको आश्रममा युकेजी देखि स्नातक तहसम्म अध्ययन गर्ने बालबालिका बसोबास गर्दछन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै