spot_img

साउनयता कोरोनाबाट १५ जनाको मृत्यु, खोप नलाएका ११ जना

spot_img

काठमाडौं । आइतबार ६२० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ । यो साउन यता कोरोना संक्रमणबाट भएको १५औं व्यक्तिको मृत्यु हो । कोरोना महामारीको चौथो लहरसँगै संक्रमितको संख्या मात्र होइन, गम्भीर विरामीको संख्या र मृत्यु पनि बढेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ साउनमा देशभरमा गरी १८ जना आईसीयूमा उपचाररत थिए । १४ साउनमा यो संख्या बढेर ३३ पुगेको छ र ४ जना भेन्टिलेटरमा छन् । खोप नलगाएका र जटिल दीर्घरोग भएका मानिस कोरोना संक्रमणपछि अस्पतालमा भर्ना गर्नु परेको पाइएको छ ।

Advertisement

मन्त्रालयको तथ्यांकअनुसार १ साउनयता १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १५ जनामध्ये ११ जनाले कोरोना विरुद्धको खोप नलगाएको पाइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । खोप लगाएकाहरु पनि धेरै क्यान्सर, मिर्गौला तथा दीर्घरोगबाट ग्रसित भएका थिए । ‘खोप लगाएका मानिसमा पहिला नै कुनै न कुनै रोग प्रतिरोधात्मक क्षमता कम गर्ने दीर्घरोगी छन्’, उनले भने, ‘साउनयता मृत्यु भएका अधिकांश मानिसले खोप लगाएका छैनन् ।’

Advertisement

८ साउनमा मृत्यु भएका ७५ वर्षका पुरुषले खोप त लगाएका थिए, तर उनी मिर्गौलाका बिरामी थिए । ११ र १३ साउनमा मृत्यु भएका ६६ बर्षका पुरुष र ७९ बर्षका पुरुष दीर्घरोगी थिए भने १४ साउनमा मृत्यु भएकी ७४ बर्षकी महिला क्यान्सबाट ग्रसित थिइन् । अरु ११ जनाले एक मात्रा पनि खोप नलगाएको पाइएको छ । ‘कोरोना संक्रमणसँगै मृत्युदर पनि बढ्दो छ । खोप नलगाएका मानिसलाई कोरोना संक्रमणले बढी जटिलता ल्याएको र मृत्युदर उच्च भएको पाइएको छ,’ सहप्रवक्ता डा. अधिकारीले भने ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी ओमिक्रोन (बी.फाइभ)बाट संक्रमित व्यक्तिलाई पनि खोपले मृत्युबाट जोगाउने बताउँछन् । ‘खोप लगाएका मानिसमा अस्पताल भर्ना हुनुपर्ने, अक्सिजन, भेन्टिलेटर चाहिने वा मृत्यु हुने सम्भावना धेरै कम हुन्छ,’ डा. अधिकारी भन्छन्, ‘खोपले नै संक्रमण हुनबाट बचाउन नसक्ला, तर संक्रमण भइहाले गम्भीरताबाट धेरै हदसम्म बचाउँछ ।’

कोरोना नयाँ–नयाँ स्वरुप परिवर्तन हुँदा पहिला बनेका खोपको प्रभावकारिता कम हुदै गएको भन्दै डा. अधिकारी संक्रमणबाट जोगिन खोप लगाए पनि मास्क लगाउने, हात सफा गर्ने वा भौतिक दूरी कायम गर्न सुझाव दिन्छन् । कोरोना मानव समुदायमा रहने देखिएको भन्दै उनले भने, ‘नयाँ–नयाँ भेरियन्ट आउँदा संक्रमण र त्यसबाट पर्ने गम्भीर असरबाट जोगिन खोप लगाउनैपर्छ ।’

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै