२०७९ भदौ १६  
spot_img
spot_img

विरही कार्कीले ल्याए ‘एक्लै भयो पिपलु’ (भिडियो)

spot_img

काठमाण्डौँ । लोक सर्जक तथा गायक विरही कार्कीले विशुद्ध लोक गीत ‘एक्लै भयो पिपलु’सार्वजनिक गरेका छन् । केही समय अघि ‘मायाको ढोका खोलिदेऊ’ल्याएका उनले पछिल्लो पटक लोक गीत ल्याएका हुन् ।

यस अघि नेपाल आएको समयमा रेकर्ड गरिएको गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका हुन् । अहिले उनी अमेरिकामा छन् ।

कार्कीकै सृजना र स्वरमा तयार भएको गीतको भिडियो निर्देशन शंकर विसीले गरेका छन् । विसीले विनोद भण्डारी, जुना गुरुङ लगायतलाई अभिनय गराएका छन् ।

करण चैसिरले छायांकन गरेको दृष्य सम्पादन नविन घर्ति मगरले गरेका छन् । गीतमा एक प्रेमिल जोडीको गरिबीले निम्त्याएको बाध्यतालाई प्रस्तुत गरिएको छ ।

सर्जक तथा गायक कार्की भन्छन्, ‘पैसा पनि फर्किदैन र भ्युज पनि जादैन तर म लोकगीतको परिधी कहिलै नागेर जादिन । यी यस्तै कोसेली प्रस्तुत गरि रहनेछु ।’

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img

भर्खरै