spot_img

राहदानी विभागमा गृहमन्त्री लामिछानेको अनुगमन

spot_img

गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाटै सहज रूपमा राहदानी जारी गर्ने विषयमा पहल सुरू गर्ने बताएका छन्।

Advertisement

त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरूको गुनासो सुनेपछि उनले जिल्लाबाटै सहज रूपमा राहदानी जारीका लागि सरकारले पहल गर्ने बताएका हुन्।

Advertisement

उनी बुधबार दिउँसो राहदानी विभागमा अनुगमनका लागि पुगेका थिए।

Advertisement

‘मन्त्रिपरिषद्ले पहिलो निर्णय नै राहदानी र सवारी चालक अनुमतिपत्रमा रहेको लाइन हटाउने गरेसँगै उहाँ समस्याबारे बुझ्न आउनुभएको थियो,’ विभागका महानिर्देशक सुरेन्द्र यादवले भने।

विभागसँग जिल्ला प्रशासन कार्यालयबाट हुनसक्ने सहजीकरणबारे जिज्ञासा राखेको निर्देशक यादवले बताए।

‘राहदानी जारी गर्ने सवालमा जिल्ला प्रशासन कार्यालयले गर्नुपर्ने समन्वयबारे उहाँले चासो राख्नुभयो। सेवाग्राहीहरूले गुनासो राखेपछि सहज रूपमा राहदानी जारी गर्ने प्रबन्ध मिलाउन प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिने बताउनुभयो,’ यादवले भने।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै