spot_img

यी हुन्, जाडोमा शरिर न्यानो बनाउने खानेकुरा

spot_img

दिन प्रतिदिन जाडो बढ्दै गइरहेको छ । चिसो मौसम सुरु भएसंगै शरीर न्यानो बनाउन बाक्लो उनी कपडा लगाउन थालिसकेका छौं । शरिर न्यानो बनाउन कपडासंगै खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । सामान्य केहि खानेकुरामा ध्यान दिन सक्यो भने जाडो सिजनमा स्वास्थ्यका लागि राम्रो हुन सक्छ । त्यसैले यस्ता खानेकुराहरु नियमित खाने हो भने जाडोयाममा पनि शरीर न्यायो बनाइराख्न सकिन्छ । 

Advertisement

कालो मरिच

Advertisement

कालो मरिच पनि जाडोमा आवश्यक खानेकुरा हो । यसलाई सुप वा चियामा राखेर खानुपर्छ । यसको प्रयोगले रुघाखोकी निको हुन्छ ।

Advertisement

लसुन र मेथी

लसुन एण्टीबायोटीक भएकाले रुघा खोकी निको पार्ने औषधिकै रुपमा प्रयोग गरिन्छ । जाडोमा लसुनको अचार बनाएर खान सकिन्छ । यसलाई तरकारीमा पनि राख्ने गरिन्छ । यस्तै, मेथीको लड्डुले पनि स्वास्थ्यमा फाइदा गर्छ ।

कोदोको सुप

आधा लिटर पानीमा २ चम्चा कोदोको पीठोको सुप बनाएर विहानको समयमा पिउनाले शरीरलाई न्यानो प्रदान गर्छ । कोदोमा प्रर्याप्त मात्रामा आइरन र भिटामिन पाइने हुनाले रक्तअल्पताबाट समेत बचाउँछ ।

मासु तथा सुप

मासुले शरीरलाई शक्ति प्रदान गर्ने मात्र होइन । यसमा भएका भिटामिनहरुले शरीरलाई रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ । शरीरको मांसेपशी दरो बनाउनुको साथै शरिरलाई ऊर्जा प्रदान गर्छ ।

दुध र अण्डा

दुधमा पाइने भिटामिन डी ले जाडोमा लाग्ने बिभिन्न संक्रमणबाट बचाउछ । भिटामिनले शरिरलाई न्यानो प्रदान गर्छ । रगतको कोषहरुको निर्माण गर्नुको साथै फ्लु भाइरसबाट बचाउँछ । यसको साथै यसमा पाइने म्याग्नेसियमले जाडोमा हुने एक्लोपना, तनाव र मानसिक समस्यालाई घटाउने काम गर्छ । अण्डाबाट आइरन पोटासियम सुष्म तत्वको परिपुर्ति हुने हुँदा शरीरले संधै न्यानो महसुस गर्छ । र सखरको दैनिक सेवन गरेमा कफलाई बाहिर निकाल्नुको साथै न्यानो पनि प्रदान गर्छ ।

हरियो सागसब्जीको दैनिक प्रयोग

मेथी, गाजर, पालुङ्गो, चम्सुर र बेथेको सागको प्रयोग पोषणको हिसावले मात्र नभइ जाडोमा न्यानो प्रदान गर्ने खानाको रुपमा लिइन्छ ।

मह

मह चिसोका लागि उचित मानिन्छ । यसमा एन्टिमाइक्रोवायल तत्व हुने भएकोले कीटाणुको प्रवेशलाई नष्ट गर्छ । साथै पाचन प्रक्रियामा सुधार ल्याउँछ । रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ । महको दैनिक प्रयोगले रोगसित लड्ने क्षमता प्रदान गर्छ । चिसोबाट बढी प्रभावित हुने बालबालिका र बृद्ध–बृद्धाले दुधसित मिलाएर मह सेवन गर्दा फाइदाजनक हुन्छ ।

अदुवा

अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै शरिरलाई हिट पनि प्रदान गर्छन । जाडो सिजनमा शरीरमा पानीको मात्रा कम हुने गर्छ । जसले गर्दा कब्जियतको समस्याले समेत सताउन सक्छ अदुवाको सेवनले पाचन प्रक्रियामा सहयोग पुर्‍याउँछ 

दालचिनी

दालचिनीले शरीरभित्रको चिसोलाई कम गर्छ र शरीरमा तापक्रम बढाउन्छ । यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै