spot_img

मेयरको दावेदारी छाडेको छैन् – कांग्रेस नेता पोखरेल

spot_img

नेपाली कांग्रेस खोटाङका महाधिबेशन प्रतिनिधि धर्मराज पोखरेलले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदको उम्मेदवारको दाबेदारी नछाडेको बताएका छन् । विभिन्न अनलाइन समाचार र सामाजिक सञ्जालमा एकल उम्मेदवारको नाम सिफारिस गरिएको भन्ने कुरा हल्ला मात्रै भएको र आकांक्षिबीच कुनै छलफल नभएको पोखरेलले बताए ।

Advertisement

उनले भने, ‘१६ जना आकांक्षिमध्ये अधिकांशलाई बैठकमा नराखि आफूखुसी सिफारिस गरिएको नाम मान्य हुँदैन् । छलफलबाट नाम सिफारिस गरिनुपर्छ ।’पोखरेलले थपे, ‘मेयर पदको उम्मेदवारको दावेदारी छाडेको छैन्, मेरा शुभचिन्तकलाई यहि जानकारी गराउन चाहन्छु ।’

Advertisement

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘मेरो नाम लिएर केही साथीहरुले मेयर पदको आकांक्षिमा नरहेको, बरु कोहीलाई समर्थन गरेको भन्दै निराधार कुरा गरेको पाईयो÷सुनियो । त्यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । अब उप्रान्त त्यस्तो नबोल्न सचेत गराउँदै दिक्तेलको मेयर पदको आकांक्षि रहेको सबैमा जानकारी गराउँदछु ।’

Advertisement

यसअघि नगर कार्य समितिको सोमबार बसेको बैठकले नगर प्रमुखको उम्मेदवारका लागि कांग्रेस जिल्ला उपसभापति तिर्थराज भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको सूचना बाहिरिएको थियो । त्यसलगत्तै अन्य १५ आकांक्षिले विरोध जनाएका छन् । बैठकमा आकांक्षिबीचमा छलफल नै नगराई करिब डेढ दर्जन आकांक्षिको बीचबाट एक जनाको नाम कसरी सर्वसम्मत सिफरिस गरियो भन्दै आकांक्षिहरुले विरोध जनाएका छन् ।

यसविषयमा नगर सभापति प्रकाश श्रेष्ठलाई सम्पर्क गर्दा फोन उठेन । मेयरको आकांक्षिमा तिर्थराज भट्टराई, धर्मराज पोखरेल, रुद्र गिरी, कुमार पुरी, निशान राई, राजनशेर राई, सुमनबाबु आचार्य, ज्ञानेन्द्र जोशी, श्याम राई, रोजन राई, गोपाल सैजु, योगेन्द्र राई, इन्द्र घिमिरे, राम कुमारी राई लगायत छन् । ५ दलीय गठबन्धनबीच भएको सहमति अनुसार दिक्तेल रुपाकोटमा प्रमुखको उम्मेदवार कांग्रेसले पाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै