spot_img

माप्य दुधकोशीमा विकासको फड्को, कायाखेत दुधकोशी माटरेबल पुल उद्घाटन, वाकुबासी हर्षित

spot_img

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ८ रणेम र माप्य दुधकोशी गाउँपालिका ६ र ७ वाकु जोड्ने नवनिर्मित कायाखेत दुधकोशी मोटरेबल पुलको उद्घाटन गरिएको छ । पुलको आज आयोजित एक कार्यक्रममा प्रदेश सांसद बुद्धि कुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष जुनितामाया मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

Advertisement

३० टन भारवहान क्षमता रहेको पुल ३६.५७ मिटर लामो रहेको छ । करिब साढे पाँच करोडको लागतमा जलप नेपाल कन्ट्रक्सनले निर्माण गरेको पुलमा संघीय सरकार स्थानीय पुर्वधार विकास साझेदारी कोषको १ करोड १० लाख, प्रदेश सांसद कोषको ५० लाख, प्रदेश सरकारको २ करोड र बाँकी रकम माप्यदुुधकोशी गाउँपालिकाले बेहोरेको छ ।

Advertisement
277577549 3108885465993338 3989018594568453910 n

उद्यपी, प्रदेश सरकारले बजेट निकासा गर्न ढिलाएपछि निर्माण कम्पनीले उधारोमा पुल निर्माण गरिदिएको बताइएको छ । गाउँपालिकाका अनुसार कम्पनीले एक करोड ३७ लाखको हाराहारीमा भुक्तानी पाउनै बाँकी रहेको छ । उद्घाटनपछिको औपचारिक कार्यक्रममा प्रदेश सांसद राजभण्डारीले भष्ट्राचारलाई निरुत्साहित पार्दै आफ्नो निर्वाचन क्षेत्रको विकासमा कुनै कन्जुस्याँई नगरेको दाबी गरे । हिजो बजेटका कारण पुल बन्न ढिलाइ हुँदा आलोचना गर्ने पक्षलाई धन्यवाद दिदै पुलले जोडेको सडक सञ्जालले वाकुका नागरिकको जीवनशैलीमा अर्थ राख्ने बताए ।

Advertisement

जिल्ला समन्वय समिति संयोजक वीर कुमार राईले जनप्रतिनिधिको कामको प्रशंसा गर्दै कायाखेतमा पुलले वाकुको विकासमा दीर्घकालिन टेवा पु¥याउने बताए । कार्यक्रममा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सर्वपक्षिय विकासमा ध्यान दिएको दाबी गर्दै कुनैपनि विरोधले अर्थ नराख्ने बताए । उनले नेकपा एमालेले देखेको एउटा सपना पुरा भएको दाबी गर्दै सगरमाथा माविमा आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ पढाइ शुरु हुने बताए ।

277717530 286734063644489 1644319976934554605 n

विद्यालयमा प्लस टु संचालनका लागि नेकपा माओवादी केन्द्र माप्दुधकोशीका नेता गौरब खालिङले ५५ हजार ५५५ रुपैँया सहयोग गर्ने घोषणा गरे । नेकपा एमालेका केन्द्रीय सदस्य मानवीर राईले विकासको नाममा खिसिट्यूरी गर्नेहरुलाई कायाखेतको माटरेबलले गतिलो जवाफ दिएको बताए । उनले एमाले कुनाकन्दरामा रहेका जनताको सुविधाका लागि अग्रसर बनेको दाबी गरे ।

माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनितामाया मगरले पुलले वाकु क्षेत्रको संभावनाको ढोका खोलेको बताइन् । नेकपा एमालेका प्रदेश कमिटी सदस्य महेश किराँतीले जनप्रतिनिधिहरुले विकासको लागि खेलेको भूमिका कामले प्रष्ट पारेको बताए । वडाअध्यक्षहरु सगुजित राई र दिनेश राईले दुधकोशीमा निर्मित पुल संचालनलले वाकुवासीलाई यात्रा, सामाग्री ढुवानीका साथै स्थानीय उत्पादन बजारीकरणमा समेत टेवा पुग्ने बताए ।

माप्य दुधकोशी गाउँपालिकाले खुम्बु पासाङल्हामू गाउँपालिकासँगको साझेदारीमा ओर्लाङघाटमा माप्य–खुम्बु मितेरी पुल यसअघि नै निर्माण गरिसकेको छ ।

277913919 522277995941162 7121645297035790399 n

त्यस्तै, माप्य दुधकोशी गाउँपालिका ६ स्थित सगरमाथा माध्यमिक विद्यालयमा निर्माण गरिएको ४ कोठे आरसिसि भवनको उद्घाटन गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन इकाईको ७० लाख बजेट निर्माण गरिएको विद्यालय भवनको प्रदेश सांसद बुद्धि कुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष जुनितामाया मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सोही अवसरमा प्रदेश सरकारको ६ लाख ५० हजार लगानीमा स्थापना गरिएको पुस्तकालय, प्रदेशकै ६ लाख ५० हजारको लगानीमा निर्मित विज्ञान प्रयोगशाला र प्रदेश सरकारको ५ लाख र विद्यालयको ५० हजारमा निर्माण गरिएको आइसिटी ल्याबको पनि उद्घाटन गरिएको छ ।

277827136 374359454385096 1906848788153428575 n

सगरमाथा माविमा प्रदेश सरकारको कार्यक्रम अन्तरगत विद्यालय नर्स कार्यक्रम संचालनमा रहेको छ भने ५ लाखको लागतमा खानेपानीको दीगो व्यवस्थापन गरिएको सहकर्मी अमृत थुलुङले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै