spot_img

भूमि आयोगका अध्यक्ष निरौलासहित काँग्रेस चार नेतालाई कारवाही सिफारिस

spot_img

काठमाण्डौँ । नेपाली काँग्रेस कानेपोखरीले गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको ठहर गर्दै भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलासहित चार नेतालाई कारबाहीका लागि सिफारिस गरेको छ ।

Advertisement

काँग्रेस मोरङ क्षेत्र नं. ३ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका भूमि आयोग अध्यक्ष निरौलासहित महाधिवेशन प्रतिनिधि जयराज संयोग, क्षेत्रीय प्रतिनिधि मदन सेडाई र कानेपोखरी उपसभापति भानु फुयाललाई कारबाही सिफारिस गरिएको हो ।

Advertisement

उनीहरुलाई कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न भन्दै कानेपोखरी गाउँ कमिटीले जिल्ला कमिटीलाई पत्र पठाएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसका तर्फबाट कानेपोखरी गाउँपालिका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराईलाई चुनावमा असहयोग गरेको कांग्रेस कानेपोखरीले ठहर गरेको छ ।

Advertisement

आफुलाई चुनाव हराउन उनीहरुले भूमिका निर्वाह गरेर असहयोग गरेको भन्दै अध्यक्षका उम्मेदवार भट्टराईले कानेपोखरी गाउँपालिका कमिटीमा उजुरी दिएका थिए ।

सोही आधारमा गाउँ कमिटीले अनुगमन गर्दा उनीहरुले अन्तर्घात गरेको निष्कर्ष निकालेको हो । ‘चुनावमा आफ्ना उम्मेदवारलाई मत नदिन र बिभिन्न रुपमा उम्मेदवारलाई असहयोग गरेको देखिएको छ,’ कानेपोखरी कांग्रेसले जिल्ला कमिटीलाई पठाएको कारबाही सिफारिस पत्रमा भनिएको छ, ‘चारै जनालाई कांग्रेसको विधान अनुसार साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गर्दछौं ।’

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै