spot_img

फेल खायो देउवाका ज्योतिषको भविष्यवाणी

spot_img

कैलाली । शनिबार साँझसम्म कांग्रेस सभापति शेरबहादुर देउवा आफूलाई भावी प्रधानमन्त्रीको रुपमा चित्रण गरिरहेका थिए । एमालेसँग माओवादी केन्द्रको पानी बाराबारको अवस्थामा गलाएर सत्ता नेतृत्व गर्ने देउवाको चाहना अन्ततः पुरा हुन सकेन ।

Advertisement

माओवादी अध्यक्ष पुष्पकमल दाहाल सके आफू प्रधानमन्त्री बन्ने नभए पार्टीलाई राष्ट्रपति दिएर भएपनि गठबन्धन जोगाउने पक्षमा अन्तिमसम्म थिए । तर, प्रधानमन्त्री देउवाले प्रधानमन्त्री मात्रै होइन राष्ट्रपति पनि कांग्रेसलेनै राख्ने अड्डी कसेपछि प्रचण्डले ट्याक टु रोजेका हुन् ।

Advertisement

प्रचण्डलाई एमाले अध्यक्ष केपी ओलीले यस अघि नै गठबन्धन तोडेर आए प्रधानमन्त्री मान्न सकिने बताइसकेका थिए । आइतबार दिउँसो ओलीको त्यहि आश्वासनले बालुवाटारबाट प्रचण्डलाई बालकोट पु¥यायो ।

Advertisement

कांग्रेसमा सुरुबाटै देउवा गठबन्धन जोगाउने पक्षमा थिए । निर्वाचनमा पनि पार्टी भित्रै उनले गठबन्धन बलियो बनाउन भूमिका खेले । सकसपूर्ण अवस्थाबाट सरल अवस्थामा पुगेको गठबन्धनमा देउवा महत्त्वाकांक्षी बन्दा आफैं छैटौँ पटक प्रधानमन्त्री हुनबाट मात्रै चुकेनन्, कांग्रेसले राजकीय ३५ पद पनि गुमायो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दिएको समय सीमा सकिन केही घण्टा मात्रै बाँकी रहँदा बालुवाटारमा देउवाले साथीहरू प्रधानमन्त्री र राष्ट्रपति दिन मानेनन् भन्दा प्रचण्ड बिच्किए र बालकोट निस्किए । त्यसपछि पनि देउवाले गठबन्धन जोगाउन प्रयास नगरेका होइनन् तर धेरै ढिला भइसकेको थियो । प्रचण्ड बालुवाटारबाट बालकोट पुगिसकेपछि पनि देउवाले फोन गरे त्यो बेला प्रचण्डले देउवालाई धेरै ढिलो भइसकेको भनेका थिए ।

नेतृत्व इमानदार नहुँदा र लोभ गर्दा सत्ता हातबाट फुत्केको कांग्रेसको ठहर छ । कांग्रेसको हातबाट सत्ता फुत्किँदा शेरबहादुर देउवालाई सात पटक प्रधानमन्त्री भनेर उनकै ज्योतिषले गरेको भविष्यवाणी पनि फेल खाएको छ ।

त्यस पछि सुनाए भविष्यवाणी

२०७४ कात्तिक ३० गते प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव प्रचार प्रसारका लागि धनगढी पुगेका थिए । अघिल्लो दिन २९ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाको पालुङटारमा शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेका थिए । उक्त विषयमा देउवाले प्रतिक्रिया दिएका थिएनन् । पत्रकार दीपक जोशीले पत्रकार सम्मेलनमा त्यही प्रसङ्ग ल्याए ।

‘कांग्रेसबाट तपाइलाई अन्तिम प्रधानमन्त्री भनेर विपक्षीहरूले भनेका छन् नि । यसका केही टिप्पणी छ ?’ जोशीले सोधे ।
‘म अन्तिम प्रधानमन्त्री कसरी हुन्छु’, प्रतिप्रश्न गर्दै देउवाले भने, ‘ज्योतिषले ७ पटक हुन्छु भनेका छन् ।’ सक्षिंप्त जवाफ दिने देउवा त्यो दिन प्रसन्न देखिएका थिए । उनले आफू सात पटक प्रधानमन्त्री बन्ने कुरा ज्योतिषले भनेको भन्दै गर्दा हलभरि रहेका पत्रकारहरू गलल हाँसे ।

त्यो बेला पनि उनी प्रधानमन्त्री थिए । चौथो पटक प्रधानमन्त्री भएका देउवाले भनेका थिए, ‘काँग्रेसले आगामी चुनावमा बहुमत ल्याउँछ र फेरि पनि प्रधानमन्त्री मै हुन्छु ।’

त्यसपछिको चुनावमा कांग्रेसले बहुमत त ल्याएन । तर, देउवाले प्रधानमन्त्री बन्छु भनेको ४४ महिनापछि असार २८ गते सर्वोच्चले उनलाई पाँचौँ पटक प्रधानमन्त्री भए । प्रत्यक्षमा २३ सिट जितेको कांग्रेसलाई किस्तीमा राखेर देउवासामु प्रधानमन्त्रीको अवसर आयो ।

‘सुदूरपश्चिमका कुनै पार्टीका कोही प्रधानमन्त्री बन्ने हैसियत नै छैन । प्रधानमन्त्री बन्ने त मनै हु । मलाई गाली गर्न सक्नुहुन्छ, हप्काउन सक्नुहुन्छ । तपाईँहरूको घरको मान्छे हो’ उनले त्यो बेला नै देउवाले भनेका थिए । ‘प्रदेशमा कति आउँछ कांग्रेसको सिट’, त्यसपछि दिल बहादुर छत्यालले सोधे । ‘बहुमत भन्दा बढी आउँछ । पुरै आउँछ’ उनले भनेका थिए ।

त्यो बेला बहुमत ल्याउने दाबी गरेको कांग्रेसले प्रतिनिधि सभामा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ शेरबहादुर देउवाबाहेक कसैले चुनाव जितेनन् । प्रदेशबाट प्रत्यक्षमा एक्ला निर्वाचित देउवा ज्योतिषले भनेझैँ गरी अप्रत्याशित रूपले प्रधानमन्त्री भएपछि ज्योतिषको प्रसङ्ग अहिले पनि आइरहन्छ ।

पाँचौँ पटक भए सात पटक मुस्किल

२००३ सालमा जन्मिएका उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति हुन् । २०४८ सालमा डलेलधुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । २०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बने । २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए ।

त्यस बेला नेपालको संसदीय व्यवस्थामा कतिपय निकै आलोचित बनेका ‘सुरा-सुन्दरी काण्ड’लगायतका घटनाहरू पनि भएका थिए । त्यस्तै, उनलाई नेपालको इतिहासमा पहिलो पटक सबैभन्दा धेरै मन्त्रीहरू सामेल गरेर मन्त्रिमण्डल गठन गर्ने व्यक्तिका रूपमा पनि कैयौँले स्मरण गर्ने गर्छन् ।

२०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे माग पत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो । २०५६ सालमा डडेलधुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरे ।

ज्ञानेन्द्रको उक्त कदमविरुद्ध पाँच दल आन्दोलित बने । त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे । तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए ।
गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली काँग्रेस ‘प्रजातान्त्रिक’ गठन गरेर त्यसको सभापति भएका थिए ।

नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुनः चौथो पटक प्रधानमन्त्री बनेका थिए । उनकै पालामा नेपालमा नयाँ संविधान लागु भएपछिको पहिलो आम निर्वाचन सम्पन्न भएको थियो । २०७२ साल फागुनमा भएको १३ पार्टी महाधिवेशनबाट नेपाली काँग्रेसको सभापति चुनिएका देउवा असार २९ गते पाँचौँ प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
उनी डडेलधुरा बाट २०४८ पछि सांसद पदमा अपराजित नेता हुन् । nepalpress

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै