spot_img

प्रेस यूनियनको केन्द्रीय सदस्यमा विश्वकिर्तिमानी पत्रकार निरौलाको दाबी

spot_img

सोलुखुम्बु । नेपाली कांग्रेस आबद्ध पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा संस्थापन पक्षबाट भानुभक्त निरौला उम्मेदवार बन्ने भएका छन् ।

Advertisement

यही साउन ६ र ७ गते हेटौंडामा आयोजना हुने युनियनको नवौं महाधिवेशनमा विश्वकिर्तिमानी पत्रकार निरौला प्रदेश नं १ कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्न लागेका हुन् । उनले व्यवसायीक तथा मर्यादित पत्रकारिता, प्रेस यूनियनलाई श्रमजीवि पत्रकारको संगठन निर्माण, आन्तरिक लोकतन्त्रको सुदृढिकरणका साथै जिवन्त यूनियन निर्माणका लागि भूमिका खेल्ने बताए ।

Advertisement

२५ घण्टा २६ मिनेट लामो रेडियो अन्तरवार्ता गरेर पत्रकार निरौलाले विश्वकै लामो अन्तरवार्ता विधामा गिनिज बुकमा रेकर्ड कायम गरेका छन् । उनी सोलुखुम्बुबाट कान्तिपुर टिभी र कान्तिपुर दैनिकमा रिर्पोटिङ गर्छन् भने हिमाल एफ.एम.को प्रबन्ध निर्देशक पदमा कार्यरत छन् ।

Advertisement

उनी रिर्पोटर्स क्लब नेपालको प्रदेश इन्चार्ज समेत हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै