spot_img

प्रेस युनियनको केन्द्रीय सदस्यमा भारी मतसहित भानुभक्त निरौला निर्वाचित

spot_img

सोलुखुम्बु । लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा विश्वकिर्तिमानी पत्रकार भानुभक्त निरौला भारी मतसहित निर्वाचित भएका छन् ।

Advertisement

गएराति सम्पन्न अन्तिम मतपरिणाम अनुसार पत्रकार निरौला ६४६ मतसहित युनियनको केन्द्रीय सदस्यमा निर्वाचित बनेका हुन् । यही साउन ६ र ७ गते हेटौंडामा सम्पन्न नवौं महाधिवेशनमा विश्वकिर्तिमानी पत्रकार निरौला प्रदेश नं १ कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए ।

Advertisement

२५ घण्टा २६ मिनेट लामो रेडियो अन्तरवार्ता गरेर पत्रकार निरौलाले विश्वकै लामो अन्तरवार्ता विधामा गिनिज बुकमा रेकर्ड कायम गरेका छन् । उनी सोलुखुम्बुबाट कान्तिपुर टिभी र कान्तिपुर दैनिकमा रिर्पोटिङ गर्छन् भने हिमाल एफ.एम.को प्रबन्ध निर्देशक पदमा कार्यरत छन् ।

Advertisement

निरौलासँगै प्रदेश १ बाट ५२८ मतसहित गोपाल प्रसाद पोखरेल निर्वाचित बनेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै