spot_img

प्रदेश-१ मा माओवादी संसदीय दलमा दुई जनाको दाबी

spot_img

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश-१ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो र दुर्गा चापागाईंले दाबी गरेका छन् ।

Advertisement

प्रदेश १ मा माओवादी केन्द्रले १३ सिट जितेको छ । पाँचथर प्रदेशसभा-२ बाट दोस्रो पटक निर्वाचित वर्तमान आर्थिक मामिला तथा योजना मन्त्री आङ्बो र तेह्रथुम प्रदेशसभा २ बाट निर्वाचित चापागाईले दलको नेतामा दाबी गरेका हुन् ।

Advertisement

दुवैले आफ्ना पार्टीका सांसदसँग छलफल गरिरहेका छन् । चापागाईंले आङ्बोसँग दलको नेता आफूलाई छाड्न आग्रह गरे थिए । टेलिफोन सम्वादमा आङ्बोले पनि आफूलाई सहयोग गर्न आग्रह गरे ।

Advertisement

प्रदेश १ मा पुस ११ गतेका लागि सांसदहरुको सपथग्रहण तोकिएको छ । सपथ ग्रहणपछि दलको नेता चयन गर्ने माओवादीको तयारी छ । ‘पार्टीमा आन्तरिक छलफल भइरहेको छ, मैले दलको नेतामा आङ्बोसँग सहयोग मागेको छु,,’ चापागाईंले भने,‘ पार्टीमा अवसर समान रुपमा वितरण हुनुपर्छ ।’

२०७४ सालको निर्वाचनमा पनि पाँचथर प्रदेशसभा २ बाट निर्वाचित आङ्बो माओवादी केन्द्रको दलको नेता हुँदै दुई पटक आर्थिक  मामिला तथा योजना मन्त्री बने ।शेरधन राई नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका उनी राजेन्द्र राईको नेतृत्वमा सरकार गठन हुँदा पनि सोही मन्त्रालयमा दोहोरिए ।

आङ्बो यसअघि पनि दलको नेता भएका कारण यो पटक आफूले पालो पाउनुपर्ने चापागाईंको दाबी छ । ‘पार्टीमा सर्वसम्मत रुपमा दलको नेता छनोट गर्ने तयारी छ,’ उनले भने,‘ नभए त निर्वाचन विकल्प छदैछ ।’

नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बा अनुभव भएका कारण आफु दलको नेताको स्वभाविक दाबेदार भएको बताए । सर्वसम्मत रुपमा दलले आफूलाई नेता बनाउने उनको दाबी छ । ‘म फेरि दोहोरिए मन्त्री बन्दिन, दलको नेता बनेर सहयोग गर्छु,’ उनले भने,‘ मेरो दाबीदारी मुख्यमन्त्रीमा हुन्छ ।’

पार्टीले पाउने अवसर र जिम्मेवारी समान रुपमा वितरण गर्ने बताउँदै दलको नेता सहमतिका आधारमा हुने बताए । दलको नेतामा दाबी गर्ने दुवै नेता माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुन् । दुवैले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर आफ्नो दाबी सुनाइसकेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । प्रदेशमा एमालेले ४०, कांग्रेसले २९, माओवादी केन्द्रले १३, राप्रपाले ६, नेकपा एकिकृत समाजवादीले ४ र जसपाले एउटा सिट जितेको छ ।

प्रदेशमा सरकार गठनका लागि एउटा सिट जितेको जसपा निर्णयक छ । एमाले-राप्रपासँग ४६ र कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहितको सत्ता गठबन्धनसँग ४६ सिट छ । एउटा सिट जितेको जसपाले कसलाई सहयोग गर्ने भन्ने निर्णय गरेको छैन ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै