spot_img

पोखरेलको अगुवाईमा कांग्रेस खोटाङको कार्यालयमा विपिको शालिक स्थापना

spot_img

खोटाङ – नेता धर्मराज पोखरेलको अगुवाईमा नेपाली कांग्रेस खोटाङको पार्टी कार्यालयमा स्वर्गीय नेता विश्वेश्वर प्रसाद कोइराला (विपि)को शालिक स्थापना गरिएको छ ।

Advertisement

नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक तथा कांग्रेसका संस्थापक नेता कोइरालाको अर्धकदको शालिक स्थापना गरिएको हो ।

Advertisement

शालिकको आईतबार कांग्रेसको स्थापना दिवसका अवसरमा कांग्रेसका केन्द्रीय सदस्य तथा ‘घर–घर जाउँ कांग्रेस जिताउँ’ अभियानका जिल्ला प्रतिनिधि कल्पना चौधरीले अनावरण गरेकी छिन् । विपिको शालिक निर्माणको लागि कांग्रेसका नेता, कार्यकर्ता र भातृ संस्थाहरुको आर्थिक सहयोग संकलन गरिएको हो ।

Advertisement
bp salik scaled 1

शालिक स्थापनाका लागि ३ लाख ४३० रुपैयाँ खर्च भएको छ । जसमध्ये २ लाख ८० हजार १११ रुपैयाँ संकलन भएको आर्थिक संयोजक एवंम् महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले बताए । हालसम्म १६ जना दाताले आर्थिक सहयोग गरेका छन् ।

कांग्रेस पार्टी सभापति विष्णुकुमार राईको अध्यक्षतामा भएको अनावरण तथा स्थापना दिवस कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरस्वती वजिमय, प्रदेश १ का महामन्त्री भुपेन्द्र राई, प्रदेश सदस्य लोकेन्द्र राई, बिमला राई, पूर्व पार्टी सभापति नरेश श्रेष्ठ, पूर्व पार्टी सभापति तथा पूर्वराज्यमन्त्री सर्वधन राई लगायत महाधिवेशन प्रतिनिधि, नगरपालिका/गाउँपलिका सभापति, विभिन्न भातृ तथा शुभेच्छुक संस्थाहरुको प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै