spot_img

धर्मराज पोखरेलको स्वतन्त्र उम्मेदवारी कायमै, चुनाव चिन्ह ‘पानीको धारा’

spot_img

खोटाङ – नेपाली कांग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलको स्वतन्त्र उम्मेदवारी कायमै राखेका छन् ।

Advertisement

मंसिर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको उम्मेदवारी फिर्ता लिने समय दिएपनि तर पोखरेलले उम्मेदवारी फिर्ता नलिएका हुन् ।

Advertisement

सहायक निर्वाचन अधिकृत रामाकान्त यादवका अनुसार स्वतन्त्र उम्मेदवारहरुलाई दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म चुनाव चिन्ह प्रदान गरिनेछ । उम्मेदवार पोखरेलले चुनाव चिन्ह ‘पानीको धारा’ रोजेको बताए ।

Advertisement

सत्ता गठबन्धन दलले खोटाङ कांग्रेसलाई टिकट बागबण्डामा अन्याय गरेको भन्दै पोखरेलले गठबन्धनकै विरुद्ध प्रदेश ‘क’ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनकै विरुद्ध प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेका कांग्रेसका महाधिवेशन प्रतिनिधि सर्वधन राई र प्रदेश ‘क’ मा उम्मेदवारी दर्ता गरेका कांग्रेसका महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेलले आफ्नो उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै