spot_img

थुलुङ दुधकोशीका ९१ शिक्षकको क्षमता अभिवृद्धि

spot_img

सोलखुुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा पाँच दिनदेखि जारी शिक्षक क्षमता अभिवृद्धि तालिम सकिएको छ । रीड नेपाल र गाउँपालिकाको संयुक्त अयाोजनामा वीरेन्द्रदय मावि मुक्लीमा गत विहिबारबाट सुरु भएको तालिम आज (सोमबार) सकिएको हो ।

Advertisement

तालिममा सामाजिक, टेक्नोलोजी, अङ्ग्रेजी, गणित र विज्ञान विषयलाई समेटेर प्रशिक्षण गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरिले जानकारी दिए ।

Advertisement

रीड नेपालले काम गर्ने आधारभुत तहको १५ विद्यालय र बाँकी पालिकाको तर्फका विद्यालयका गरि ९१ जना शिक्षकको सहभागिता रहेको थियो ।

Advertisement

तालिमको अङ्ग्रेजी तर्फ मुक्ति घिमिरे, सामाजिक विषयको विष्णु प्रसाद उपाध्याय, गणितको सरद गौतम र विज्ञान राजीव ढुंगानाले सहजिकरण गरेका थिए ।

तालिम अत्यन्त प्रभावकारी भएको भन्दै सिकेका सिपलाई कक्षाकोठा सम्म पु¥याउन लागि पर्ने सहभागी शिक्षकहरुले बताएका छन् । himalsamachar

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै