spot_img

ताप्लेजुङमा भीषण पहिरो : एकै घरका २ जनाको मृत्यु, एक घाइते

spot_img

Advertisement

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ। 

Advertisement

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका अनुसार गएराति वर्षासँगै झरेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो। अर्का एक जना घाइते भएका छन्। 

Advertisement

घाइते मृतक तुलसाका श्रीमान् बिष्णु अधिकारी हुन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदै गरेको डिएसपी राईले जानकारी दिए।

घाइते अधिकारीले भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताए। पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको छ। 

खेवाङसहित ताप्लेजुङका तीन ठाउँमा गए राति भीषण पहिरो गएको प्रहरीले जनाएको छ। जिल्लाको मामांखे र फक्तालुङमा पनि पहिरो गएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।

‘जिल्लाका तीन वटै ठाउँमा गएको पहिरोको विवरण संकलन, राहत तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी तथा स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेको  छ’, उनले भने। 

घटनाका बारेमा थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गए राति ठुल्ठूला पहिरो झरेका छन्।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै