spot_img

जिसस प्रमुख निरौला र मेयर शेर्पाले गरे फाप्लु अस्पतालको भवन उद्घाटन

spot_img

सोलुुखम्बुको जिल्ला अस्पताल फाप्लुको सुविधासम्पन्न भवनको उद्घाटन गरिएको छ । बुधबार आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद निरौला र सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे ।

Advertisement
IMG 5849 scaled

सोलुदुधकुण्ड नगरपालिकाको पहलमा करिब २२ करोडको लागतमा विकोई रौता जेभिले निर्माण गरेको अस्पतालको भवन उद्घाटनसँगै एउटै भवनबाट एकिकृत स्वास्थ्य सेवा प्रवाह गर्ने बाटो खुलेको छ । यसअघि साना साना तीन वटा भवनबाट सेवा प्रदान गर्दै आएको अस्पतालले निकट भविष्यमै नयाँ भवनबाट सेवा शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

Advertisement

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले अस्पतालको दरबन्दी अनुसारको जनशक्ति र उपकरण व्यवस्थापनमा स्थानीय तह, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने बताए । आफ्नो कार्यकालमा अस्पतालको सेवामा सुधारमा देख्न चाहेको र सोही अनुसार सुधारका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement
IMG 5991 scaled

उद्घाटन कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले जिल्ला अस्पताल भौतिक पुर्वाधारमा अब्बल बनेकाले अब सेवा प्रवाहमा चुस्ततामा ध्यान दिनुपर्ने बताए । जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘जिल्ला अस्पताललाई भौतिक रुपमा सबल बनाउने लक्ष्य पुरा भएको छ । त्यसको लागि नगरपालिकाको तर्फबाट मैले जुन भूमिका खेले, त्यसले सार्थकता पाएको छ । अबको ध्यान गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहमा जानुपर्छ ।’

IMG 5936 scaled

अस्पतालका निमित्त कार्यालय प्रमुख सानि शेर्पाले भौतिक पुर्वाधारमा सबल बनेकोमा खुसी व्यक्त गर्दै आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन हुनेसके जिल्ला अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउन सकिने बताइन् ।

IMG 6044 scaled

अस्पताल विकास समितिका सदस्य सुर्य कुमारी राईले एउटै भवनबाट सेवा प्रवाह गर्ने वातावरण बनेकाले सेवा प्रवाह सुधारको अपेक्षा राखिन् । उद्घाटन कार्यक्रममा जिल्लास्तरका सरकारी तथा गैरसरकारी संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

IMG 5906 scaled
IMG 6064 scaled
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै