spot_img

जनताले सोलुदुधकुण्ड ६ मा रोजे फुर्वालाई, फुर्वा भन्छन्, ‘विकासमा विभेद हुँदैन’

spot_img

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ६ को वडाध्यक्षमा निर्वाचित भएका छन्, फुर्वा ग्याल्जेन शेर्पा । नेकपा एमाले प्रदेश १ का प्रदेश सचेतक बुद्धिकुमार राजभण्डारीको गृह वडा रहेको ठाउँमै फुर्वाले जित हासिल गरे । नेकपा एमाले प्रदेश १ का प्रदेश सचेतक राजभण्डारीको वडामा नै एमालेका उम्मेदवारलाई हराउँदै उनले ईतिहास रच्न सफल भएका छन् ।

Advertisement

एमालेको गडमा फुर्वालाई चुनाव लड्नका लागि निकै चुनौतिको विषय नै थियो । तर १२ वर्ष लामो राजनितिक यात्रामा देखका दृश्य परिदृश्यले ३२ वर्षिय फुर्वालाई धेरथोर अनुभव मिलेसकेको थियो । सामाजिक कार्यमा पनि सक्रिय रहेका शेर्पा जनताको सुखदुखका साथि बनेर बसेका थिए । जनताले पनि फुर्वालाई नै रोजेको निर्वाचनले पुष्टि गरेको छ । फुर्वा अहिले वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Advertisement


शुक्रबार पदभार ग्रहण पनि वडा नम्बर ६ को वडा कार्यालयमा पदभार ग्रहणको कार्यक्रम भयो । वडाका पुराना जनप्रतिनिधिलाई विदाई र नयाँ जनप्रतिनिधिलाई स्वागत गरियो ।फुर्वा ग्याल्जेन शेर्पा (फुरी)ले आगामी ५ बर्ष वडाको सम्बृद्धिका लागि काम गर्ने बताएका छन् ।

Advertisement

शुक्रबार पदभार ग्रहण पछि उनले वडामा विकासमा भेदभाव नहुने बताए । मतदाताले आफुलाई रोजेकाले वडाबासीको चाहाना अनुसार विकास गर्ने बताए ।

वडाबाट प्रवाह हुने सेवालाई छिटो छरिता प्रवाह गर्ने बताउँदै वडाको शिक्षा, स्वास्थ्य, सडक, भौतिक पुर्वाधारको सवालमा योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पदभार ग्रहणपछि निर्माणाधिन वडा कार्यालय भवनको वडाध्यक्ष शेर्पाले अनुगमन गरेका छन् । करिब ७० प्रतिशत निर्माण सम्पन्न भएको वडा भवनको उनले अनुगमन गरेका हुन् । चाँडो भन्दा चाँडो काम सम्पन्न गराउनका लागि उनले ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै