spot_img

गायनलाई पुर्णविराम लगाएर श्रीमानसँग अष्ट्रेलिया जाँदै मधु

spot_img

काठमाडौं । यस्तो लाग्छ, दुई वर्षअघि आफैंले गाएको चर्चित गीत ‘सोचेझैं जिन्दगी रैनछ’ उनी आफ्नै लागि लेखिएको थियो । नभन्दै यो गीत दुरुस्तै उनको लागि मिल्न गएको छ ।

Advertisement

यतिबेला गायिका मधु क्षेत्रीलाई आफैंले गाएको गीत आफ्नै लागि मिल्न गएको महसुस हुँदैछ । किनभने यी चर्चित गायिकाले अब संगीतसँग सम्बन्ध विच्छेद गरेर स्थायी बसोबास गर्ने उद्देश्य लिएर अस्ट्रेलिया जाँदैछिन् ।

Advertisement

अहिले अस्ट्रेलियामा बसोबास गरिरहेका प्रेमी सुरेश खड्कासँग हालै विवाह गरेकी मुध उतै बस्ने गरेर जाने तयारीमा छन् । सिड्नीमा बस्दै आएका खड्का र मधु दुई जनाले हालै कानुनी बिहे गरेका छन् । पहिलो बिहे असफल भएपछि सिंगल उनले दोस्रो बिहे गरेकी हुन् । मधुका नयाँ श्रीमान संगीतकर्मी भने होइनन् । आफूलाई माया गर्ने स्वभावको भएको मधुले बताएकी छन् ।

Advertisement
Madhu Chhetri and Her Husband

हालैको एक अन्तर्वार्तामा मधुले आफूले गीत गाउन छाडिसकेको बताएकी छन् । ‘मैले संगीत क्षेत्रलाई छाडें । दुईवटा नाउमा खुट्टा राख्दा डुबिन्छ । अस्ट्रेलिया जानुअघि म यादहरु बोकेर जान्छु,’ उनी भन्छिन्् ।

विदेशिनुअघि श्रीमान र परिवारलाई राखेर गीत गाउने उनको इच्छा छ । ‘मलाई लोकसंगीतले धेरै थोक दिएको छ । दोहोरी क्षेत्रमा लागेर छोरीलाई १७ वर्षकी बनाएँ । अब मेरो सांगीतिक यात्रा टुंगियो,’ उनले भनिन् ।

केही महिनाअघि चर्चित लोकदोहोरी गायिका बीमाकुमारी दुरा पनि सधैंको लागि नेपाल छाडेको घोषणा गर्दै अमेरिका उडेकी थिइन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै